अनुसन्धान

‘उभिदा रक्तसञ्चार सम्बन्धी समस्या हुने खतरा बढी’


अष्ट्रेलियाका अनुसन्धान कर्ताहरूले बस्नु को सट्टा उभिएर रहदा मुटु सम्बन्धी स्वास्थ्यमा सुधार नहुने पत्ता लगाएका छन् । यसले रक्तसञ्चार सम्बन्धी समस्याको जोखिम बढी हुन्छ ।

एउटा अध्ययनमा, सिड्नी विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले बेलायतका ८३,०१३ वयस्कहरू ले लगाउने नाडी उपकरणको तथ्याङ्क विश्लेषण गरे । उनीहरूले बस्नु भन्दा बढी उभिएर स्वास्थ्यमा कुनै फाइदा नभएको पाए ।

उनीहरूले पत्ता लगाए कि लामो समय सम्म अत्यधिक उभिने व्यक्तिलाई हर्ट एटैक, कोरोनरी मुटु रोग र स्ट्रोक जस्ता हृदय रोगबाट पीडित हुने सम्भावना कम हुँदैन । र यसले उभिनु सँग सम्बन्धित रक्त सञ्चार सम्बन्धी समस्या जस्तै भेरिकोज भेन्स, डिप भेन थ्रोम्बोसिस को जोखिम बढ्न सक्छ ।

तर, अनुसन्धानमा दिनमा १० घण्टा भन्दा बढी बस्दा हृदय घात र रक्तसञ्चार सम्बन्धी रोगको जोखिम बढने समेत पाइयो । सिड्नी विश्वविद्यालयको मेडिसिन र स्वास्थ्य संकायका अध्ययनका प्रमुख लेखक म्यैथ्यू अहमदीले भनेका छन् की मुख्य कुरा यो हो की धेरै लामो समय सम्म उभिनु ले गतिहीन जीवन शैलीमा कुनै सुधार हुँदैन । यसले केही व्यक्तिको रक्त सञ्चार स्वास्थ्यमा जोखिम निम्त्याउन सक्छ । हामीले पत्ता लगायौं कि लामो समयसम्म उभिनु ले दीर्घकालीन हृदय स्वास्थ्यमा सुधार हुँदैन र रक्त सञ्चार समस्याहरूको जोखिम बढाउ छ ।

अनुसन्धान कर्ताहरूले नियमित रूपमा लामो समय सम्म बस्ने वा उभिने व्यक्तिहरूले दिन भर नियमित रूपले दुवै गतिविधि गर्नु पर्ने सुझाव दिए ।

अघिल्लो अनुसन्धानमा पाइएको थियो की प्रतिदिन ६ मिनेटको फुर्तिलो व्यायाम वा ३० मिनेटको मध्यम देखी फुर्तिलो व्यायाम ती व्यक्तिहरूमा समेत मुटु रोगको जोखिम कम गर्न सक्छ जो प्रतिदिन ११ घण्टा भन्दा बढी समय सम्म अत्यधिक गतिहीन रहन्छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!