‘एक्स-रे, सिटी स्क्यान, एमआरआईको रिपोर्ट डिजिटल हुने, सेवा शुल्क घट्ने र वार्षिक एक अर्ब को बचत’


काठमाडौं–स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालहरूमा रेडियोलजी अन्तर्गत एक्स-रे, सिटी स्क्यान, एमआरआई आदिको रिपोर्ट मा फिल्मको प्रयोग हटाएर डिजिटलीकरण गर्ने निर्णय गरेका छन् ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतका सङ्घीय २२ अस्पतालले क्रमै सँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउने छ । यो सँगै रेडियोलजी अन्तर्गतका उपयोग हुने फिल्म को खर्च कटाएर एक्स-रे, एमआरआइ, सिटी स्क्यानको शुल्कमा समेत कमी आउने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यका लागि समेत हानिकारक मानिने एक्स-रे फिल्म प्रयोगमा हाल खर्च भइ रहेको ठूलो धनराशि समेत कटौती सँगै आम नागरिकलाई यसले सेवा शुल्कमा समेत राहत दिने गरी यस्तो निर्णय गरिएको जनाइएका छ ।

यो निर्णयले सङ्घीय अस्पतालको वार्षिक करिब ५० करोड रुपैयाँ बजेट बचत हुने स्वास्थ्य मन्त्रालयको अनुमान छ । यस्तै निजी र मुलुकभरि डिजिटल रिपोर्ट दिन सकिए वर्षमा करिब एक अर्ब रुपैयाँ रकम विदेशीन बाट रोकिने अनुमान समेत गरिएको छ ।

कति हुन्छ फिल्ममा खर्च ? 

वीर अस्पतालले वर्षमा करिब ४ करोड रुपैयाँ रेडियोलजी फिल्मका लागि खर्च गर्ने गरेको तथ्याङ्क छ । यस्तै राजधानी कै कान्ति बाल अस्पतालमा समेत तीन करोड रुपैयाँ जति फिल्मको लागि खर्च हुने गरेको छ । यो दुई अस्पतालको खर्च ले नै रेडियोलजी अन्तर्गत फिल्ममा हुने खर्चको अवस्था झल्काउँछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!