अनुसन्धान

‘मस्तिष्कको क्षयरोग को उपचार अब सजिलो हुने, भारतीय वैज्ञानिकले पत्ता लगाए नयाँ विधि’


नयाँ दिल्ली–भारतका वैज्ञानिकहरूले मस्तिष्कमा क्षयरोग (ब्रेन टिबी) को उपचारको लागि नया र अद्वितीय औषधि वितरण विधि विकास गरेका छन् । जसले गम्भीर मस्तिष्क क्षयरोगको उपचारलाई प्रभावकारी बनाउन सक्छ ।

यो विधिले सिधैँ मस्तिष्कमा औषधिहरू पुर्याउन सक्षम छ, जसले बिरामीहरूको उपचार प्रक्रियामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।

मस्तिष्कको टिबी, जसलाई केन्द्रीय स्नायु प्रणाली (सेन्ट्रल नर्भस सिस्टम) को टिबी (सीएनएस टिबी) भनिन्छ । यो टिबी को सबैभन्दा गम्भीर रूप हो र यसले उच्च मृत्यु दर निम्त्याउँछ ।

केन्द्रीय स्नायु प्रणाली टिबी ले मस्तिष्कमा सङ्क्रमण निम्त्याउँछ, जसले गम्भीर जटिलताहरू निम्त्याउँछ र धेरै जसो मृत्यु को खतरा कायम रहन्छ ।

सीएनएस टिबी को अवस्थामा, मस्तिष्कमा औषधि पुर्याउनु ठूलो चुनौती हो । किन भने मस्तिष्कलाई सुरक्षा गर्ने ब्लड–ब्रेन ब्यारियर अर्थात् रक्त मस्तिष्क अवरोध (बीबीबी ) ले यसको मार्गमा बाधा पुर्याउँछ ।

चिटोसन नैनो–एग्रीगेटसः बीबीबी वाट बाइ पास को समाधान

इन्डियन इन्स्टिच्युट अफ नैनो साइन्स एण्ड टेक्नोलोजी (आइएनएसटी), मोहालीका वैज्ञानिकहरूले बीबीबी लाई बाइ पास गर्न नयाँ विधि तयार गरेका छन् । वैज्ञानिकहरूको टोलीले चिटोसन बाट बनेको नैनो एग्रिगेट्स बनाएको छ, जसले औषधि सिधैँ मस्तिष्कमा पुर्याउन सक्षम छ ।

चिटोसन एक प्राकृतिक, बायो कम्प्याटिबल र बायोडिग्रेडेबल पदार्थ हो जसको उपयोग नाक बाट औषधिहरूलाई सिधैँ मस्तिष्कमा पुर्याउन गरिन्छ ।

ब्रेन टिबी उपचारः नाकबाट मस्तिष्क सम्म औषधि पुर्याउने प्रक्रिया 

यस अनौठो विधिमा, क्षयरोगको औषधि नाकबाट मस्तिष्कमा (ब्रेन टिबी उपचार) पुर्याउने गरिन्छ । यो विधिले नाक को घ्राण र ट्राइजेमिनल तन्त्रीका मार्गहरू मार्फत मस्तिष्क सम्म औषधिहरू पुर्‍याउँछ । जसले गर्दा ब्लड ब्रेन ब्यारियर लाई बाइ पास गर्न सकिन्छ ।

नैनो एग्रीगेट्स क्षयरोगको औषधि हरु, जस्तै आइसोनियाजिड र रिफैम्पिसिन लाई नियन्त्रित गर्न सक्छ । जसले मस्तिष्कको सङ्क्रमणको स्थानमा औषधिको जैव उपलब्धता मा सुधार हुन्छ ।

यो विधिले प्रयोगशाला परीक्षणहरूमा आशा जनक नतिजा देखाएको छ । क्षयरोग सङ्क्रमित मुसामा परीक्षण गर्दा नैनो एग्रीगेट्स प्रयोग गरेर मस्तिष्कमा ब्याक्टेरियाको सङ्ख्यामा १,००० गुणा कमी देखिएको थियो ।

यस विधिले औषधिलाई मस्तिष्कमा राम्रो सँग पुग्न सम्भव बनायो र सङ्क्रमणको कारण हुने सुन्न्याइ पनि कम गर्यो । यो अध्ययनलाई मस्तिष्क क्षयरोगको उपचारको क्षेत्रमा महत्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ ।

वैज्ञानिकहरूले यो प्रविधिले मस्तिष्क क्षयरोगको उपचारमा मात्रै सुधार गर्न नसकेर अल्जाइमर्स, पार्किन्सन, ब्रेन ट्युमर र एपिलेप्सी जस्ता अन्य मस्तिष्क रोगहरूको उपचारमा पनि सहयोगी हुने विश्वास गर्छन् ।

मस्तिष्क क्षयरोग उपचार अब नयाँ उचाइमा पुग्ने सम्भावना छ । किनकी यो अद्वितीय औषधि वितरण विधिले बिरामीहरूलाई प्रभावकारी उपचार प्रदान गर्न र उनीहरूको बाच्ने सम्भावनामा सुधार गरेर महत्वपुर्ण भूमिका खेल्न सक्छ ।

यो सम्भावित रूपमा अन्य जटिल मस्तिष्क रोगहरूको उपचारमा पनि प्रयोग गर्न सकिन्छ, जसले चिकित्सा क्षेत्रमा नयाँ क्रान्ति ल्याउने अपेक्षा गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!