अनुसन्धान

‘मानव छाला को पहिलो एकल कोषिका नक्सा तयार, छाला रोग को उपचार मा क्रान्ति’


वेलकम सेङ्गर इन्स्टिच्युट र न्युक्यासल युनिभर्सिटीका वैज्ञानिकहरूले जन्म पूर्व मानव छालाको पहिलो एकल कोषको नक्सा बनाउन सफल भएका छन् । यसले छाला निर्माण र विभिन्न प्रकारका छाला रोगहरूको उपचार सम्भव हुन सक्छ ।

नेचर जर्नलमा प्रकाशित अध्ययनका अनुसार अनुसन्धान कर्ताहरूले मानव छालाको जटिल विकास र कपालको फोलिकल्स उत्पन्न हुने प्रकृयालाई चित्रण गरेका थिए । यसका लागि जीनोमिक प्रविधिहरू को प्रयोग गरियो । अनुसन्धानले मानव छाला निर्माणको लागि नयाँ बाटो खोल्न सक्छ ।

छाला र कपाल प्रत्यारोपणको क्षेत्रमा क्रान्तिकारी परिवर्तन हुन सक्ने अनुसन्धानका सह–पहिलो लेखक डा एलेना विन्हेम ले बताइन् । यस्तै जन्मजात छाला सम्बन्धी रोगबारे अनुसन्धान को लागि नयाँ बाटो खुल्ने छन् ।

छाला रोग उपचारः विकसित गरियो छाला

छाला अनुसन्धान टोलीले प्रयोगशालामा छाला विकसित गरे । यो कपाल उमार्न सक्षम छ । यो मानव जन्म अघि को छाला सँग धेरै मिल्दो जुल्दो छ । अनुसन्धानले छालामा रक्त नलीहरूको निर्माण र प्रतिरक्षा कोषिकाहरूको विकासको बारेमा नयाँ जानकारी पाएको छ ।

छाला रोग उपचारः दागहरू देखिने छैनन् 

दाग नछोडी निको पार्ने प्रसव पूर्व छालाको क्षमता बारे पनि अनुसन्धान गरिएको थियो । छालाको यो प्रविधि बुझ्ने प्रयास भइ रहेको छ । वैज्ञानिकहरू विश्वास गर्छन् कि यो प्रविधिले वयस्कहरू मा शल्यक्रिया वा चोट पछि दागहरू रोक्न सकिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!