अनुसन्धान

‘सामाजिक अलगावले वृद्धहरूमा पोषक तत्त्वको कमी निम्त्याउँछ’


सामाजिक अलगावको सामना गरिरहेका वृद्धहरूमा भिटामिन सी र भिटामिन बी ६ जस्ता प्रमुख सूक्ष्म पोषक तत्त्वहरूको कमी हुने जोखिम बढेको एक अनुसन्धानले देखाएको छ । जसका कारण उनीहरूमा धेरै स्वास्थ्य समस्याको जोखिम बढ्छ ।

युनिभर्सिटी कलेज लन्डन (यूसीएल)का अनुसन्धानकर्ताहरूले गरेको अध्ययनको निष्कर्ष भर्खरै एज एन्ड एजिङ जर्नल मा प्रकाशित भएको छ ।

अनुसन्धान कर्ताहरूले अध्ययनमा पत्ता लगाएका छन् कि व्यक्ति समाजबाट जति एक्लो हुन्छ, पाँच प्रमुख सूक्ष्म पोषक तत्व म्याग्नेसियम, पोटासियम, भिटामिन सी, फोलेट र भिटामिन बी ६ को प्रस्तावित मात्रा त्यति कै कम पाइन्छ ।

यी पोषक तत्त्वहरू फलफूल, तरकारी, गेडागुडी (मटर, सिमी र दाल) र माछामा धेरै कम मात्रामा पाइन्छ । युसीएल को प्राध्यापक एन्ड्रयू स्टेप्टोले भने कि यी महत्वपूर्ण पोषक तत्व हुन्, जसको कमीले वृद्धहरूको लागि गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

अनुसन्धानकर्ता हरूले अध्ययनमा इङ्लिस लङ्गिट्युडनल स्टडी अफ एजिङ (इएलएसए) को तथ्याङ्क प्रयोग गरेका थिए । उत्तरदाताहरू लाई सामाजिक अलगावको आधारमा प्रश्नहरू सोधिएको थियो । तिनिहरू कति अलग बस्छन्, तिनिहरूले घर बाहिर साथीहरू र आफन्तहरूलाई कति देख्छन्, र के तिनिहरू क्लब वा कुनै संस्थाहरू सँग सम्बन्धित छन् ।

अनुसन्धान टोलीले सहभागीहरूको सामाजिक अलगावमा एक अङ्क को वृद्धि नौ सूक्ष्म पोषक तत्व मध्ये पाँचमा कमी सँग सम्बन्धित रहेको पाइयो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!