‘डा.संगिता कौशल मिश्रलाई रोयल कलेज अफ अब्सट्र्रिसयन एण्ड गाइनेकोलोजिष्टको मानार्थ फेलोसिप’
काठमाडौं– वेलायत स्थित रोयल कलेज अफ अब्सट्र्रिसयन एण्ड गाइनोलोजिस्ट ले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.संगिता कौशल मिश्र लाई प्रसूति तथा स्त्री रोग , महिला स्वास्थ्य सेवाको उन्नति को क्षेत्रमा योगदानको लागि मानार्थ फेलोसिप, ‘फेलोसिप ओनोरिस काउजा’, प्रदान गरेर पुरस्कृत गरेको छ ।
रोयल कलेज अफ अब्सट्र्रिसयन एण्ड गाइनेकोलोजिष्ट ले दुई प्रकारको फेलोसिप प्रदान गर्दै आएको छ । यस अन्तर्गत फेलोसिप ओनोरिस काउजा वाट सम्मान प्राप्त गर्ने डा.मिश्र पहिलो नेपाली विज्ञ हुन ।
सम्मान पत्रमा डा.मिश्रले प्रजनन स्वास्थ्य कार्यक्रमको राष्ट्रिय प्रशिक्षक र सम्वन्यकर्ताको रूपमा नेपाली महिलाहरूलाई यौन र प्रजनन स्वास्थ्य हेरचाहमा क्षमता निर्माण र गुण स्तरीय सेवा वितरण मा महत्वपूर्ण योगदान दिएको उल्लेख छ ।
यस्तै डा.मिश्रले प्रमुख नेतृत्व कारी भूमिका निर्वाह गरेको र सरकारको नीति अनुसन्धानको लागि थिङ्क टैकको रुपमा कार्यरत रहेको उल्लेख छ । मुलुकमा पहिलो पटक मानव मिल्क बैक र कङ्गारु मदर केयर युनिट स्थापित गर्ने श्रेय समेत डा.मिश्र लाई जान्छ ।
प्रतिक्रिया दिनुहोस