अनुसन्धान

अल्जाइमरका बिरामीको मस्तिष्कमा फिंगर प्रिन्ट जस्तो ढाँचा भेटियो


अनुसन्धान कर्ताहरूले एक नयाँ अध्ययनमा अल्जाइमर पीडितहरूको मस्तिष्क सङ्कुचनमा एउटा अनौठो ढाँचा (पैटर्न) फेला पारेका छन् । यसको स्थिति लगभग फिंगर प्रिन्ट जस्तै हुन्छ, अर्थात्, तिनीहरू एक अर्का सँग मेल खादैनन ।

अनुसन्धानकर्ता हरूले यस नतिजालाई अल्जाइमरको व्यक्तिगत प्रगतिशीलता अनुसार औषधि विकास गर्न सहयोगी मानेका छन । बढ्दो उमेर सँगै स्मरण शक्ति प्रभावित हुनु र मस्तिष्क सङ्कुचित हुनु स्वभाविक हो । तर अल्जाइमर रोगीको मस्तिष्क स्वस्थ व्यक्तिको तुलनामा छिटो सङ्कुचित हुन्छ । यसलाई एमआरआई द्वारा मापन गर्न सकिन्छ ।

अल्जाइमरमा स्मरण शक्ति, सोच्ने र निर्णय गर्ने क्षमतामा असर पर्छ । बेलायतको युनिभर्सिटी कलेज, लन्डन का अनुसन्धानकर्ताहरुले भने की विभिन्न व्यक्तिहरूको मस्तिष्क सङ्कुचनका ढाँचामा भिन्नताले व्यक्तिको सञ्ज्ञानात्मक गिरावटले समय सँगै प्रदर्शनलाई कसरी परिवर्तन हुन्छ, राम्रो सँग बुझ्न मद्दत गर्दछ।

अनुसन्धानको नतिजा हालै अल्जाइमर्स एन्ड डिमेन्सिया जर्नलमा प्रकाशित भएको छ । अनुसन्धान टोलीले न्युरोडिजेनेरेटिभ अवस्था मा ‘फिंगर प्रिन्ट’, को पहिचानको लागि करिब ६३ हजार मानिसको मस्तिष्क स्क्यान गरे ।

उनीहरूले फेला पारे कि अधिकांश सहभागीहरूले लगभग समान मस्तिष्क आकारको साथ सुरु गरे, तर प्रत्येक व्यक्तिको मस्तिष्क सङ्कुचनका ढाँचा समय सँगै परिवर्तन भयो । सुरुवात मा अल्जाइमरका बिरामीहरूको मस्तिष्कको १५ देखि २० क्षेत्रहरूमा द्रुत सङ्कुचन भयो, जो तीन वर्ष पछि लगभग ३० क्षेत्र सम्म झयो ।

यस्तै जुन व्यक्तिलाई स्मरणशक्ति समस्या हल्का थियो उनीहरूको मस्तिष्कको पाँच देखि १० क्षेत्रहरूमा सङ्कुचन भयो, जुन पछि ३ वर्षमा दुई देखि तीन क्षेत्रमा मात्र बढ्यो । अनुसन्धान टोलीले यो नतिजा अल्जाइमरको असर अनुसार औषधि विकास गर्न सहयोगी हुने बताएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!