युवकको सानो आन्द्राबाट जिउँदो साङ्लो निकालियो
नयाँ दिल्ली – दिल्लीको एक निजी अस्पतालमा २३ वर्षीय युवकको सानो आन्द्राबाट जिउँदो साङ्लो (कक्रोच) निकालिएको छ । उक्त साङ्लो करिब तीन सेन्टिमिटर लामो थियो।
बिरामीलाई करिब दुईतीन दिन देखि पेट दुखेको थियो । पाचन प्रक्रिया पनि प्रभावित भएको थियो । अस्पतालको ग्यास्ट्रो विभागका चिकित्सक डा.शुभम वत्स सहितको टोलीले बिरामीको जीआई इन्डोस्कोपी गर्ने निर्णय गरेको हो । यस अनुसन्धानका क्रममा बिरामीको पेटमा एउटा जिउँदो कक्रोच भेटिएको थियो ।
साङ्लो बिरामीको सानो आन्द्रामा अडकिएको थियो। यो देखेर डाक्टरहरूले तुरुन्तै कक्रोच निकाल्ने निर्णय गरेका थिए । डाक्टरहरूले इन्डोस्कोपी गरेर सानो आन्द्रा बाट जिउँदै निकालेका हुन ।
इन्डोस्कोपी गर्न करिब १० मिनेट लाग्यो। डा. शुभमले सानो आन्द्रामा रहेको जिउँदो साङ्लो बिरामीका लागि खतरनाक भएको बताए । कक्रोच यस्तो प्राणी हो जो जुनसुकै अवस्थामा पनि बाँच्न सक्छ।
प्रतिक्रिया दिनुहोस