अनुसन्धान

सामान्य तौलले गर्भावस्थाको मधुमेहलाई रोक्न सक्छ


मधुमेह विश्व भर नै ठूलो समस्या हो । गर्भावस्थामा मधुमेहको जटिलताले महिला र उनको बच्चामा प्रतिकूल प्रभाव पार्न सक्छ । भर्खरै गरिएको एक अनुसन्धान अनुसार शरीरको तौल सामान्य राख्ने हो भने गर्भावस्थामा हुने मधुमेहका झन्डै आधा मामिला बाट बच्न सकिन्छ ।

गर्भावस्थाको मधुमेह सामान्यतया सुत्केरी पछि निको हुन्छ, तर पछि टाइप २ मधुमेह विकासको जोखिम बढ्छ ।

स्विडेनको लिंकोपिङ युनिभर्सिटीका अनुसन्धान कर्ताहरूले भने की यदि महिलाले गर्भावस्था अघि सामान्य तौल कायम राखे भने गर्भावस्थामा हुने जटिलताबाट बच्न सकिन्छ । यसले आधा भन्दा बढी गर्भावस्था हुने मधुमेहको मामिलामा सुरक्षा मिल्न सक्छ ।

अनुसन्धान कर्ताहरूले पत्ता लगाए कि मोटो पना र बढी तौलको बडी मास इन्डेक्स (बीएमआई) ३० भन्दा बढी थियो र गर्भावस्थाको समय मधुमेहको जोखिम उच्च थियो । यो अवस्थामा उच्च रक्तचाप, गम्भीर टाउको दुख्ने, दृष्टि समस्या जस्तै धमिलो दृष्टि, खुट्टा सुन्निने आदि पनि हुन सक्छ ।

यस अध्ययनको पहिलो लेखिका र लिंकोपिङ विश्वविद्यालयबाट पिएचडी गरिरहेकी मरियम शिरवनिफरको अनुसन्धान हालै ल्यान्सेट पब्लिक हेल्थ जर्नलमा प्रकाशित भएको छ । अनुसन्धान टोलीले गर्भावस्था अघि तौल सामान्य भएमा प्रि–एक्लाम्पसियाका एक चौथाई केसहरूबाट बच्न सकिन्छ भन्ने पत्ता लगाए । अध्ययनमा विश्वका विभिन्न क्षेत्रका २० लाख गर्भवती महिला मध्ये १७ हजार दक्षिण एसियामा जन्मिएका हुन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!