प्रसूति गृहमा पाँच प्रकार का वंशाणुगत रोगको जन्मना साथ परीक्षण र उपचार, स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गरे उद्घाटन


काठमाडौं – स्वास्थ्य प्रदीप पौडेलले राजधानीको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुको वंशाणु गत रोग जन्य परीक्षण सेवाको उद्घाटन गरेका छन् । अब अस्पतालमा पाँच प्रकारका वंशाणु गत रोगको जन्मना साथ परीक्षण र उपचार गरिने छ ।

उक्त सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले हेर्दा सानो देखिए पनि यो महत्वपूर्ण प्रयास भएको उल्लेख गरे । ‘बाल मृत्युदर कम गर्न हामीले धेरै काम गर्न बाँकी छ,’ स्वास्थ्य मन्त्रीले भने ,‘बालबालिकाको मृत्यु दर घटाउन र वंशाणु गत रोगको समयमै उपचार गर्नका लागि यो सेवा महत्वपूर्ण छ । अस्पतालले २० शय्या आइसीयु थप्न लागेको भन्दै मन्त्री पौडेलले यसले अति आवश्यक मातृ शिशुका लागि धेरै राहत दिने विश्वास व्यक्त गरे ।

अस्पतालमा जनशक्ति पर्याप्त नभएको गुनासो सुनेको भन्दै मन्त्री पौडेलले आफू मन्त्रालय आउना साथ त्यसको समाधानका लागि प्रयास थालेको र तत्कालका लागि छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाउने घोषणा गरेको बताए ।

मन्त्री पौडेलले अस्पतालमा गर्भवती महिलाका लागि मासिक परामर्श सम्बन्धी बहिरङ्ग सेवाको समेत उद्घाटन गरे । उनले भने, मातृ शिशुको स्वास्थ्य सुधारका लागि कसरी सेवा बढाउन सकिन्छ हामी लागिरहेका छौ । सबै क्षेत्र मिलेर मात्र यो सम्भव छ ।

प्रसूति गृहका निर्देशक डा श्रीप्रसाद अधिकारीले अकाल मृत्यु बाट जोगाउने उद्देश्यले हाल परीक्षणका रूपमा सेवा थालेको भन्दै पाँच प्रकारका वंशाणु गत रोगको जन्मना साथ परीक्षण र उपचार गरिने जानकारी दिए । देशमा २१ प्रति हजार नवजात शिशुको मृत्यु दर रहेकामा यस्तो सेवा विस्तार गर्न सकिएमा कम गर्न सकिने उनले बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!