अनुसन्धान

‘चुरोट छोड्दा पुरुषको आयु बढ्न सक्छ’


द ल्यान्सेट पब्लिक हेल्थ जर्नलमा प्रकाशित हालैको अध्ययन अनुसार सन् २०५० सम्म धूम्रपानका हालको दरलाई पाँच प्रतिशत सम्म कम गरे पुरुषको आयु एक वर्ष र महिलाको ०.२ वर्षले बढ्नेछ ।

अनुसन्धान कर्ताहरूले हालको प्रवृत्तिको आधारमा सन् २०५० सम्ममा विश्व भर धूम्रपान गर्ने दर पुरुषमा २१ प्रतिशत र महिलामा ४ प्रतिशत सम्म कम हुन सक्ने पाए ।

ग्लोबल बर्डन अफ डिजीज इन्जुरिज एण्ड रिस्क फैक्टर्स टोबैको फोरकास्टिङ्ग कोलेवोरेटर्स ले भने कि धूम्रपान अन्त्य गर्न प्रयासहरूलाई तीव्र गर्नाले जीवनको ८७६ मिलियन वर्षको हानी लाई रोक्न सकिन्छ ।

सन् २०९५ सम्ममा चुरोटको बिक्रीमा प्रतिबन्ध लगाइनाले १८५ देशमा फोक्सोमा क्यान्सरले १२ लाख मृत्यु लाई रोक्न सकिन्छ । यी मध्ये दुई तिहाइ कम आय र मध्यम आय भएका देशहरूमा हुनेछन्। जसका कारण मुटुमा रगतको प्रवाह कम हुन थाल्छ र हृदय घातको जोखिम बढ्छ ।

‘हामीले विश्वव्यापी रूपमा धूम्रपान कम गर्ने र अन्ततः उन्मूलन गर्ने प्रयासमा गति गुमाउनु हुँदैन’, वरिष्ठ लेखक स्टीन एमिल भोलसेटले भने ।

अध्ययनमा सन् २००६ देखि २०१० को बीचमा जन्मेका मानिस हरूलाई सुर्ती जन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाइएका कारणले पार्ने असरको विश्लेषण गरी रोकथाम गर्न सकिने मृत्युको अनुमान गरिएको थियो। यसमा तम्बाकु मुक्त पुस्ता नीतिको सम्भावित प्रभावहरू पनि जाँच गरियो । जसको उद्देश्य एक निश्चित वर्ष पछि जन्मेका व्यक्तिहरूलाई सुर्तीको बिक्रीमा प्रतिबन्ध लगाउने लक्ष्य राखेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!