‘कुन जारको पानीमा दिसामा पाइने ब्याक्टेरिया पाइयो?’


काठमाडौं– राजधानीमा ११ कम्पनीको जारको पानीमा फिकल कोलिफर्म अर्थात् मानिस र जनावरहरूको दिसामा पाइने ब्याक्टेरिया हरूको समूह पाइए पछि जनही दुई लाख जुर्माना सहित बिक्री वितरण मा प्रतिबन्ध लगाइएको छ ।

काठमाडौं महा नगरपालिकाले जारको पानीमा दिसामा पाइने ब्याक्टेरियाको समूह पाइए पछि उक्त पानी पिउन योग्य नरहेको जनाउँदै बिक्री वितरणमा रोक लगाउँदै जरिमाना गरेको हो ।

महा नगरपालिकाको अनुसार पञ्चरत्न ग्रुप प्रालि, टोखा ८, काठमाडौं, वाट उत्पादित (Fresh Drop) फ्रेस ड्रप जारको पानी, यस्तै उत्तर वाहिनी फुड एण्ड बेभरेज प्रालि, कागेश्वरी मनोहरा, ४, थली, वाट उत्पादित (Aqua Kolbhateswer) एक्वा कोल भाटेश्वर, एक्वा सुन्दरी, गोकर्णेश्वर, ७, काठमाडौं, वाट उत्पादित (Aqua DB) एक्वा डिबी, स्नो क्यूव डिङ्किङ्ग वाटर प्रालि, कागेश्वरी मनोहरा, ६, मूलपानी वाट उत्पादित (Akuwa) अकुवा, स्तूपा इन्डस्ट्रिज प्रालि, गोकर्णेश्वर, १, सुन्दरीजल वाट उत्पादित (Cube Processed Drinking water) क्युब प्रोसेस्ड ड्र्रिङ्कङ्ग वाटर, मुन लाइट स्प्रिङ वाटर ईन्ड्रस्टिज, गोकर्णेश्वर, काठमाडौं वाट उत्पादित (Aqua Mild) एक्वा माइल्ड, एम. के. मिनरल वाटर प्रालि, बु. न. पा., कपन, काठमाडौं वाट उत्यादित (Aqua Kapan) एक्वा कपन, कोशी मिनरल वाटर उद्योग प्रालि, गोकर्णेश्वर, १, सुन्दरीजल वाट उत्पादित (Aqua Gaurishankar) एक्वा गौरिशङ्कर, पिस स्त्रीङ वाटर प्रालि, टोखा, ०८, काठमाडौं, वाट उत्पादित (Aqua Peace) एक्वा पिस, अक्वा एस. एन. एस. वेभरेज प्रालि, टोखा, ०३, काठमाडौं वाट उत्पादित (Aqua Tokha) एक्वा टोखा र जम्बुलिङ्गा ग्रुप ईन्ड्रस्टिज प्रालि, तारकेश्वर, १०, काठमाडौं, वाट उत्पादित (Aqua Tridev) एक्वा त्रिदेव जारको पानीमा Fecal Coliform (दिशामा पाइने ब्याक्टेरियाको समुह) देखिएकोले उक्त पानी पिउन योग्य नरहेको जनाउदै जनही २ लाख जरिवाना र बिक्री वितरणमा रोक लगाएको छ ।

के हो फिकल कोलिफर्म ? 

कोलिफर्महरू ब्याक्टेरिया हुन् जुन न्यानो रगत भएका (मनुष्य, घर पालुवा जनावर, खेतीका जनावरहरू र वन्यजन्तुहरू) को आन्द्रामा बस्छन् ।

फिकल कोलिफर्म ब्याक्टेरिया मानव वा जनावरको दिसा, पिसाब फोहोर सँग सम्बन्धित एक प्रकारको कोलिफर्म हो । आफैंमा, कोलिफर्महरूले सामान्यतया मानिसहरू वा जनावरहरूको लागि खतरा हुदैन, तर तिनीहरूले टाइफाइड, डिसेन्ट्री, हेपाटाइटिस ए र हैजा निम्त्याउने ब्याक्टेरिया हरूको उपस्थितिलाई सङ्केत गर्दछ ।

कोलिफर्म र रोग निम्त्याउने ब्याक्टेरिया दुवै पानीमा बस्छन् । यदि तपाईंको पिउने पानीमा कोलिफर्म ब्याक्टेरियाहरू छन् भने, तपाईं लाई पानीबाट हुने रोग लाग्ने जोखिम बढ्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!