अमेरिकन एकेडेमी अफ पेडिएट्रिक्सकाे नयाँ गाइड लाइन
‘बाल रोग विशेषज्ञ हरू दुखाइमा दिइने ओपियोइड औषधि दिँदा होसियार हुनुपर्ने’

अमेरिकन एकेडेमी अफ पेडिएट्रिक्स (एएपी) ले बालबालिकामा दुखाइको उपचारको लागि ओपियोइड औषधिको प्रयोगको बारेमा नयाँ दिशानिर्देश जारी गरेको छ ।
यस दिशा निर्देशमा, बाल रोग विशेषज्ञहरूलाई आवश्यक रूपमा सावधानीका साथ ओपियोइड औषधिहरू सिफारिस गर्न सल्लाह दिइएको छ । जसले गर्दा दीर्घकालीन जोखिमहरू कम गर्न सकियोस् ।
यी दिशा निर्देशहरू बच्चाहरूमा ओपिअयोइड को प्रयोग बारे पहिलो क्लिनिकल प्राक्टिस गाइ लाइन हो । गाइड लाइनमा यी औषधिहरू कहिले र कसरी प्रयोग गर्ने भन्ने बारे स्पष्ट निर्देशनहरू दिइएको छ ।
पेडियाट्रिक्स अनलाइन जर्नलमा प्रकाशित यो दिशानिर्देश मा भनिएको छ कि बाल रोग विशेषज्ञहरू लाई हल्का देखि मध्यम दुखाइ भएका बिरामीहरूका लागि सधैँ गैर–ओपिओइड औषधिहरू प्रयोग गर्नुपर्छ ।दिशा निर्देशमा ओपियोइड औषधिहरू सँग ओभरडोज लाई उल्ट्याउने औषधि नालाक्सोन पनि सिफारिस गर्न भनिएको छ ।
गाइड लाइनका प्रमुख लेखक स्कट हैडलैन्ड ले विगत दुई दशकमा चिकित्सा अभ्यासमा ठूलो परिवर्तन आएको बताए । पहिले, ओपियोइडको उच्च खुराक प्रस्तावित गरिन्थ्यो, तर अब यसमा कमी भएको छ । जसका कारण धेरै बालबालिकाको पीडाको उचित उपचार हुन सकेको छैन ।
आवश्यक परेको बेला मात्र ओपिओइडहरू प्रस्तावित गर्नुस
हैडलैन्ड ले भने कि बाल रोग विशेषज्ञहरू ले वास्तवमा आवश्यक पर्दा मात्र ओपियोइडहरू लेख्नुपर्छ । दुखाइ र तनावले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले चिकित्सकहरूले यस्तो कदम चाल्नुपर्छ जसले लागू औषध अम्मल को जोखिमलाई कम गर्न सकोस् ।
दुखाइ को लागी अन्य उपचार
एएपी को चिकित्सा अभ्यास दिशानिर्देशको अनुसार, ओपियोइड औषधिहरू को उपयोग अन्य गैर औषधि उपायहरू जस्तै फिजियोथेरापी सँग संयोजन गरेर प्रयोग गरिनु पर्छ । यसका साथै एसिटामिनोफेन र आइबुप्रोफेन जस्ता गैर–ओपियोइड औषधिहरू पनि प्रयोग गर्नुपर्छ ।
कोडिन र ट्रेमेडोलमा प्रतिबन्ध
कोडिन र ट्रेमेडोल जस्ता ओपिओइड्स मा समेत दिशानिर्देश मा धेरै प्रतिबन्धहरू तय गरिएको छ । यी औषधिहरू मात्र वयस्कहरू को उपयोगको लागि निर्धारित गरिएको छ । यसको उद्देश्य बालबालिकामा ओपिओइड औषधिको अनुपयुक्त प्रयोग र सम्भावित साइड इफेक्ट बाट सुरक्षा प्रदान गर्नु हो ।
प्रतिक्रिया दिनुहोस