‘उत्कृष्ट र भरपर्दो दाबी गर्दै चर्को शुल्क लिने मेडिसिटी लगायत अस्पतालले विपद्मा सेवा प्रवाह गर्ने पूर्व योजना बनाओस्’

आपद् विपद् पर्दा कुनै पनि अस्पताल, स्वास्थ्य संस्थाले सामान्य अवस्था भन्दा अतिरिक्त सेवा दिन सक्षम हुनु पर्छ । आफूलाई सुविधा सम्पन्न र भरपर्दो भनेर दाबी गर्ने अस्पताल हरूले त सम्भावित आपद् विपद् आइ परेको अवस्थामा के कसरी सेवा दिने भन्ने पूर्व योजना नै बनाएको हुनुपर्छ । तर विडम्बना, आफूलाई उत्कृष्ट दाबी गर्दै सेवाग्राहीबाट चर्को शुल्क लिने अस्पतालहरूले समेत विपद्का समयमा सेवा प्रवाह गर्न सकिने गरी कुनै पूर्व योजना बनाएका रहेन छन् ।
यसको प्रतिनिधित्व मूलक उदाहरण हो ललितपुरको भैँसे पाटी स्थित नेपाल मेडिसिटी अस्पताल । मेडिसिटी अस्पतालले विपद् मा अतिरिक्त सेवा दिनु त परै जाओस्, त्यही उपचार रत बिरामीहरूको समेत बिचल्ली बनाइ दियो ।
मेडिसिटी अस्पताल डुबानमा परेपछि त्यहाँ उपचारार्थ भर्ना भएका बिरामीहरूलाई जोखिम पूर्ण तरिकाले काठमाडौंको टोखा स्थित ग्राण्डी लगायतका अस्पताल सारियो ।
यसले बिरामीहरू र तिनका परिवारहरूमा कस्तो असर पर्यो होला ? अनि उनीहरूले कस्तो जोखिम, यातना र पीडा सहनु पर्यो होला ? बिरामीहरूको नियमित उपचारमा कस्तो असर पर्यो होला ? त्यो त भोग्ने हरू लाई नै थाहा होला ।
मेडिसिटी अस्पताल यस्तो अवस्था आउन सक्छ भनेर पूर्वानुमान गर्न बाट चुकेको हो ? वा सेवा ग्राही हरू प्रति जिम्मेवारी बोध नभएर यस्तो अवस्था निम्तिएको हो ? अथवा अस्पताल सञ्चालन र संरचना निर्माणका लागि अनुमति दिने सरकारी निकायहरूको कमजोरी वा नाजायज मिलेमतोले अहिलेको अवस्था आउन नदिन बाट रोक्न नसकिएको हो ?
कारण जे जे हुन्, गल्ती कमजोरी ठूलै भएको छ । यो अवस्थालाई एउटा महत्वपूर्ण सिकाइ सम्झेर यस्ता मेडिसिटी लगायतका अस्पतालहरू (जो जो बाढी र डुबानले प्रभावित भए ले आपद् विपद् पर्दा आफ्नै उद्धार गर्नुपर्ने अवस्था न आओस् भनेर सचेत बनुन र त्यसतर्फ तत्कालै काम पनि थालुन् ।
सरकारी निकायहरूले पनि कम से कम स्वास्थ्य संस्थाहरूको संरचना सम्बन्धी मापदण्ड बनाउँदा र कार्यान्वयन गर्दा गराउँदा इमान्दारिता दर्साउन ।
अन्त्यमा, व्यवस्थापन तथा संरचना गत कमजोरीका बाबजुद आफूले हेरिरहेका बिरामीहरूको सहज र सुरक्षित उपचारका लागि उपयुक्त विकल्प खोज्न प्रयत्न गर्नुभएको, सुझाउनु भएका मेडिसिटी अस्पताल लगायत प्राकृतिक विपद्को चपेटामा परेका सबै अस्पतालका चिकित्सकहरू धन्य हुनु हुन्छ ।
आउँदा दिनहरूमा यहाँहरूले आपतका लीन अवस्थामा बिरामीहरूको स्वास्थ्योपचारका लागि आवश्यक पर्ने न्यूनतम भौतिक संरचना र पूर्वाधारको आवश्यकता बारे अस्पताल व्यवस्थापनको ध्यानाकर्षण गराउनु हुनेछ भन्ने कामना गर्दछु । ( लेखक डा.राकेश कुमार झा ग्यास्ट्रोइन्ट्रोलोजिस्ट हुन)
प्रतिक्रिया दिनुहोस