अनुसन्धान

‘अब पार्किन्सन १५ वर्ष अगाडि नै पत्ता लाग्ने’


इजरायलको तेल अवीव विश्व विद्यालयका अनुसन्धान कर्ताहरूले कोशिकाहरूमा प्रोटिन जम्मा भएको पत्ता लगाउने विधि विकास गरेका छन् जसले पार्किन्सन रोगको पहिचान गर्छ ।

यसको अर्थ पार्किन्सन रोगको पहिलो लक्षण देखिनु भन्दा १५ वर्ष अघि नै यो रोग बारे पत्ता लगाउन सकिन्छ, ताकि समय मै उपचार सुरु गर्न सकियोस् र यसरी निको नहुने रोगबाट बच्न सकिन्छ । यो अनुसन्धान यही महिनाको साइन्टिफिक जर्नल फ्रन्ट्रेयर्स इन मोलिक्युलर न्युरो साइन्स मा प्रकाशित भएको छ ।

प्रा.उरी अशेरी र तेल अवीव युनिभर्सिटीका पिएचडी विद्यार्थी ओफिर साडे ले भने की अनुसन्धान कर्ताहरूले २ जिन म्यूटेसनमा केन्द्रित गरे , जो एशकेनाजी यहूदीहरूमा ठूलो मात्रामा पाइन्छ । प्रा.अशेरी र साडेको नेतृत्व मै इजरायली मेडिकल सेन्टर, जर्मनी र अमेरिकाका अनुसन्धान कर्ताहरूले यो खोज गरेका हुन् ।

‘हामी आशा गर्छौं कि आगामी वर्षहरूमा पार्किन्सन्स रोगीहरूको परिवारका सदस्यहरू जो यो रोगको विकासको जोखिममा छन् उनीहरूको लागि उपचार विकल्पहरू विकास गर्न सम्भव हुनेछ’, अशेरीले टाइम्स अफ इजरायल लाई बताए ।

सुपर–रिजोल्युसन माइक्रोस्कोपी प्रयोग गरेर, अन्वेषकहरूले पार्किन्सनका बिरामीहरूका कोशिकाहरूको जाँच गरे –रोगीहरूको मस्तिष्कबाट नभइ तिनिहरूको छालाबाट जाँच गरिएको थियो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार पार्किन्सन रोग मस्तिष्कको एक अवस्था हो, जसको कारण ले मांसपेशी मा दुखाइको सङ्कुचन, कम्पन र बोल्न गाह्रो हुन्छ ।

पछिल्लो २५ वर्षमा पार्किन्सन्सको घटना दोब्बर भएको छ । विश्वव्यापी रूपमा लगभग २८ लाख मानिसहरू यस रोगबाट पीडित छन् र इजरायलमा प्रत्येक वर्ष १२०० नयाँ रोगीहरूको पहिचान गरिन्छ ।

अशेरीले भने कि पार्किन्सन्स वास्तवमा मीड ब्रेनको सब्सटेन्सिया निग्रा क्षेत्रमा डोपामाइन उत्पादन गर्ने न्यूरोन्सको विनाशले जन्म लिन्छ ।

जब सम्म पार्किन्सनको शरीरको हिँडडुल सँग जोडिएको लक्षण देखिन थाल्छन् तव सम्म ५० देखी ८० प्रतिशत डोपामिनर्जिक न्यूरोन्स पहिले नै मरी सकेको हुन्छन्, र तिनिहरू लाई पुनः जीवित गर्ने कुनै उपाय छैन ।

त्यसैले, यसको उपचार आज ‘धेरै सीमित’ छ । अशेरीले भने कि यो हुनुको कारण रोगी पहिले देखि नै रोगको एडभान्स स्टेज (उन्नत चरण) मा हुन्छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!