अनुसन्धान

विश्वका एक तिहाइ बालबालिका र किशोरहरूको दृष्टि कमजोर

सन् २०५० सम्म मायोपियाले ७४ करोड मानिसलाई असर गर्ने


काठमाडौं– विश्व भरका झन्डै एक तिहाइ बालबालिका र किशोर किशोरीहरू मायोपिया अर्थात् अदूर दृष्टि वाट पीडित छन् । सन् २०५० सम्ममा यस्ता केसहरूको सख्या बढेर ७४ करोड पुग्ने अनुमान समेत गरिएको छ ।

ब्रिटिस जर्नल अफ ओपथाल्मोलोजीमा प्रकाशित यो अनुसन्धान चीनको सन यात सेन विश्वविद्यालयका अनुसन्धान कर्ताहरूले गरेका हुन । जुन २०२३ सम्म प्रकाशित २७६ अध्ययनको विश्लेषणका आधारमा अनुसन्धान कर्ताहरू यस्तो निष्कर्षमा पुगेका हुन् ।

मायोपिया मा टाढाका वस्तुहरू स्पष्ट रूपमा हेर्न कठिनाइ हुन्छ । यो रोग सामान्यतया बाल्य कालमा विकसित हुन्छ र उमेर सँगै बढ्दै जान्छ ।

मायोपिया वाट बच्न अनुसन्धान कर्ताहरूले बालबालिका र किशोर किशोरीहरूलाई बढी शारीरिक क्रियाकलाप मा सक्रिय हुन र स्क्रिनमा कम समय बिताउन सल्लाह दिएका छन् । यी अध्ययनहरूमा ५ देखि १९ वर्ष उमेरका ५४ लाख भन्दा बढी बालबालिका र किशोरहरू समावेश थिए ।

प्रत्येक तीन बालबालिका मध्ये एकलाई मायोपिया 

अनुसन्धान कर्ताहरूका अनुसार वर्षे पिच्छे निकट दृष्टि दोषका बिरामी बढिरहेका छन । सन् १९९०–२००० को अवधिमा मायोपियाका घटना २४ प्रतिशतबाट सन् २००१–१० मा २५ प्रतिशतमा बढेको थियो । सन् २०११–१९ को बीचमा यो द्रुत गतिमा बढेर ३० प्रतिशत पुगेको हो । यो २०२०–२३ को बीचमा ३६ प्रतिशतले बढेको छ । यो तथ्याङ्कले प्रत्येक तीन बालबालिका र किशोर किशोरी मध्ये एकलाई मायोपिया भएको पुष्टि गर्छ ।

अनुसन्धानकर्ताहरुको अनुसार सन् २०२३ देखि २०५० सम्ममा मायोपियाको समग्र प्रकोप ९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसले विश्वमा आँखा रोगको बोझ निम्त्याउनेछ र ७४०५९२००० भन्दा बढी बालबालिका र किशोरहरूलाई असर गर्नेछ ।

गरिब देशहरू झनै पीडित 

अनुसन्धानकर्ता हरूको अनुसार विश्वमा बाल्य कालमा मायोपियाको शिकार हुने बच्चाहरूको तथ्याङ्क धेरै बढी छ । सन १९९० र २०२३ को बीचमा मायोपियाको प्रसार तिन गुणा भन्दा बढी पाइयो । यस्तै धनी देशको दाँजोमा गरिब देशमा यसको प्रयास बढी देखियो ।

मायोपियावाट स्कूलमा अधिक समय बिताउने बढी प्रभावित, बालकको दाँजो बालिका लाई बढी समस्या

अनुसन्धानकर्ताहरुको अनुसार स्कूलमा बिताउने समय र मायोपिया विकसित हुने सम्भावना बिच एउटा सम्बन्ध छ । केही पूर्वी एसियाको मुलुकमा, जहाँ बच्चा छिटो स्कूल जान्छन् र त्यहाँ बढी समय बिताउँछन्, त्यहाँ बढी बच्चा निकट दृष्टि दोषको शिकार भइ रहेका छन ।

यस्तै थुप्रै अफ्रिकी देशमा कम बच्चालाई यो समस्या छ । यसको कारण अफ्रिकी मुलुकमा बच्चाहरू स्कूल ढिलो गरी जान शुरु गर्छ । यो बाहेक वालक भन्दा बालिकाहरू मायोपिया वाट बढी पीडित हुन्छिन् । किन भने उनीहरू पहिले आधारभूत शिक्षा पुरा गर्छिन् र सामान्यतया घरबाहिर खेल्नमा कम समय बिताउँछिन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!