‘नेपाल एसिया प्रशान्त क्षेत्रीय फोरमको पूर्ण सदस्य बन्न इच्छुक: स्वास्थ्य मन्त्री प्रदीप पौडेल’

‘जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सघाउनु पर्ने’


जकार्ता–स्वास्थ्य मन्त्री प्रदीप पौडेलले जलवायु परिवर्तनको असर न्यूनी करणका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने बताएका छन् ।

इन्डोनेसियाको जकार्तामा आयोजित एसिया प्रशान्त क्षेत्रीय पाँचौं मन्त्री स्तरीय बैठकमा बोल्दैं उनले नेपाल जलवायु परिवर्तन वाट अत्यधिक प्रभावित भएको जनाउँदै उक्त कुरा बताएका हुन ।

मन्त्री पौडेलले नेपाल सरकारले १४०० स्वास्थ्य संस्थामा स्वास्थ्य फोहोर व्यवस्थापनका लागि नन बर्न टेक्नोलोजी प्रयोग गर्ने प्रतिबद्धता सहित दोस्रो राष्ट्रिय निर्धारित योगदान योजना पेश गरेको उल्लेख गरे ।

उनले स्वास्थ्य राष्ट्रिय अनुकूलन योजना विकास गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश भएको उल्लेख समेत गरे । नेपालको जलवायु परिवर्तनमा योगदान कम भए पनि यसले नेपाली नागरिक प्रभावित भएको जनाउँदै स्वास्थ्य मन्त्री ले जलवायु परिवर्तनका प्रतिकूल असरहरू लाई न्यूनीकरण गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा वकालत गर्दै आएको स्मरण समेत गरे । स्वास्थ्य क्षेत्र मार्फत हुने ग्रीन हाउस ग्याँस उत्सर्जनको आधारभूत मूल्याङ्कन गर्न नेपाल सफल भएको जानकारी पौडेलले दिए ।

सबै ५१ देश र क्षेत्रहरूमा सदस्यता खोल्ने प्रावधानको प्रशंसा गर्दै पौडेलले भने,–‘नेपाल यस क्षेत्रीय फोरमको पूर्ण सदस्य बन्न इच्छुक छ ।’

जलवायु परिवर्तन र वायु प्रदूषणले हुन सक्ने स्वास्थ्य जोखिम बारे नागरिकलाई सचेत गराउन व्यापक जन चेतना अभियान महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री पौडेलले जलवायु स्वास्थ्य शिक्षालाई विद्यालय पाठ्यक्रम र सामुदायिक कार्यक्रमहरूमा बढावा दिन सुझाव दिए ।

वातावरण, कृषि सम्बन्धी खाद्य सुरक्षा र पशुधन र मानव स्वास्थ्यका मुद्दाहरू लाई सम्बोधन गरिने स्वास्थ्य एजेन्डामा नेपालको समर्थन रहने बताउँदै मन्त्री पौडेलले जकार्ता घोषणापत्रमा प्रस्तुत गरिएका कार्यहरू प्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!