अनुसन्धान

‘प्लास्टिक र पेपर प्याकेजिङले स्तन क्यान्सर निम्त्याउँछ, २०० खतरनाक रसायन फेला पर्यो’


हालै गरिएको एक अनुसन्धानले प्लास्टिक, कागज र कार्ड बोर्ड लगायत खाद्यान्न प्याकेजिङमा लगभग २०० स्तन क्यान्सर गराउने तत्त्वहरू पाइने चिन्ता जनक तथ्य उजागर गरेको छ ।

यो अनुसन्धान ‘फ्रन्ट्रेयर्स इन टक्सिकोलजी’ जर्नलमा प्रकाशित भएको छ । जसले दैनिक जीवनमा यस्ता खतरनाक रसायनहरू बारे सर्वसाधारण लाई सचेत गराउनुपर्ने र त्यसको रोकथामका उपायहरू अपनाउनु पर्ने मा जोड दिएको छ ।

दैनिक खाद्य प्याकेजिङमा लुकेका छन् २०० खतरनाक रसायनहरू अनुसन्धानले देखाएको छ कि खाद्य सम्पर्क सामग्रीहरू, जस्तै प्लास्टिक र कागज वा कार्ड बोर्डमा विभिन्न कार्सिनोजेनिक (क्यान्सर उत्पन्न गराउने) रसायनहरू हुन्छन् । जसले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छ ।

अनुसन्धानकर्ताहरुले २०० सम्भावित स्तन कार्सिनोजेन्स पहिचान गरे, जस मध्ये १४३ प्लास्टिक र ८९ कागज वा बोर्डमा पाइयो । यसले देखाउँछ कि मानिसहरू नियमित रूपमा यी खतरनाक पदार्थहरूको सम्पर्कमा रहनु सामान्य बन्दै गएको छ ।

प्लास्टिकमा सबैभन्दा खतरनाक रसायन 

अनुसन्धानका अनुसार प्लास्टिक बाट बनेको खाद्य प्याकेजिङमा सबै भन्दा बढी खतरनाक रसायन भेटिएको छ । अध्ययनले ७६ शङ्कास्पद स्तन कार्सिनोजेनहरू पहिचान गर्यो, जसमध्ये ६१ (करिब ८० प्रतिशत) प्लास्टिक सँग जोडिएको थियो। यसले देखाउँछ कि प्लास्टिकमा आधारित प्याकेजिङको प्रयोगले स्तन क्यान्सरको जोखिम बढाउन सक्छ ।

युरोपेली सङ्घ र अमेरिकामा पनि जोखिम

अनुसन्धानकर्ताहरुले युरोपेली सङ्घ र अमेरिका जस्ता उच्च विनियमित क्षेत्रहरूमा खाना प्याकेजिङमा स्तन क्यान्सरको बढ्दो जोखिमको प्रमाण फेला पारे । यसले स्पष्ट गर्यो कि कडा नियमहरू भए पनि यी देशहरूमा खाद्य प्याकेजिङ सँग सम्बन्धित स्वास्थ्य जोखिमहरू अझै छन् ।

स्तन क्यान्सरः रोकथामको आवश्यकता

फूड प्याकेजिङ फोरमका प्रबन्ध निर्देशक तथा अध्ययनका सह–लेखिका जेन मुन्केले अध्ययनलाई महत्वपूर्ण बताउँदै भनिन,–‘मानव शरीरलाई स्तन क्यान्सर गराउने रसायनहरूको सम्पर्कबाट जोगाउन अझै धेरै गर्न बाकी रहेको हाम्रो निष्कर्षले देखाएको छ ।’ उनले यो पनि भनिन कि खतरनाक रसायनहरू बाट सुरक्षा गर्नु एक यस्तो क्षेत्र हो जसलाई अत्यन्त ध्यान दिनु पर्ने आवश्यक छ, विशेष गरी जब यो हाम्रो दैनिक जीवन सँग जोडिएको होस ।

स्तन क्यान्सरः विश्वव्यापी चुनौती 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार सन २०२२ मा विश्व भर २३ लाख महिलामा स्तन क्यान्सर भएको पत्ता लागेको थियो भने यो रोगले ६ लाख ७० हजारको ज्यान लियो । स्तन क्यान्सर विश्वव्यापी रूपमा दोस्रो सबैभन्दा सामान्य क्यान्सर हो र यो विशेष गरी महिलाहरूमा तीव्र रूपमा फैलिरहेको छ ।

खाना प्याकेजिङ र क्यान्सर बीच को लिङ्क 

अनुसन्धान कर्ता हरूले विश्वास गर्छन् कि सम्पूर्ण जनसंख्या खाद्य प्याकेजिङ सामग्रीहरूमा पाइने सम्भावित कार्सिनोजेनिक पदार्थहरूको जोखिमबाट प्रभावित हुन सक्छन् । यो अवस्था रोकथाम को लागि एक महत्वपूर्ण अवसर प्रदान गर्दछ । भविष्यमा क्यान्सर जस्ता गम्भीर रोगबाट बच्नका लागि हामीले खाद्य प्याकेजिङ प्रयोग गर्ने तरिकामा व्यापक परिवर्तन ल्याउनु आवश्यक रहेको अनुसन्धानको निष्कर्षले देखाएको छ ।

समाधानः खाद्य प्याकेजिङ परिवर्तन आवश्यक 

अनुसन्धान कर्ताहरू भन्छन् कि यस्ता खतरनाक रसायनहरूलाई कम गर्न कडा निवारक उपायहरू लागु गर्नु तत्काल आवश्यक छ । सरकार र उद्योगहरूले यी खतरनाक रसायनहरूको प्रभावलाई कम गर्न खाद्य प्याकेजिङमा प्रयोग हुने सामग्रीहरूको कडाइका साथ अनुगमन र नियमन गर्नुपर्छ ।

यस्ता नीति र प्राविधिक उपायहरूले भविष्यमा क्यान्सरको जोखिमलाई कम गर्न सक्छ, जसले सम्पूर्ण जनतालाई यस घातक रोगबाट जोगाउन मद्दत गर्नेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!