‘भारतमा मंकी पक्सको घातक स्ट्र्रेन क्लेड–१ देखियो’


नयाँ दिल्ली– भारतमा एमपक्स (मंकी पक्स) भाइरसको खतरनाक रूप अर्थात नयाँ प्रजाति (स्ट्र्रेन) क्लेड–१ केरलामा फेला परेको छ । हालै युएई वाट फर्किएका एक ३८ वर्षीय पुरुषमा यो स्ट्रेन भेटिएकोहो।

यो घटनापछि राज्य सरकार र स्वास्थ्य विभाग अलर्टमा भएका छन् । अफ्रिकी महाद्वीपमा विनाश मच्चाए पछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यो क्लेड–१ भाइरसको बारेमा विश्वव्यापी आपतकालीन अलर्ट जारी गरेको थियो ।

कत्तिको खतरनाक छ क्लेड–१

मंकी पक्स भाइरसको नयाँ स्ट्र्रेन क्लेड–१ अरू प्रजाति भन्दा खतरनाक मानिन्छ । यो स्ट्रेन अरु भन्दा छिटो फैलिन्छ । जसले गर्दा सङ्क्रमणको जोखिम बढ्छ ।

यसका लक्षणहरू पनि धेरै गम्भीर हुन्छन्, जस्तै उच्च ज्वरो, पीडा दायी दाग र अन्य समस्याहरू । केही अवस्थामा, यो गम्भीर हुन सक्छ र निमोनियाँ वा इन्सेफ्‌लाइटिस समेत हुन सक्छ । अहिले वैज्ञानिकहरू यस विषयमा अनुसन्धान गरिरहेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!