अनुसन्धान
‘भिडियो गेमले तनाव कम गर्छ’

भिडियो गेम मनोरञ्जनका माध्यम मात्र नभएर यसले मानसिक तनाव लाई पनि कम गर्छ । भिडियो गेम ले विशेष गरी पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) लाई कम गर्न समेत सहयोगी साबित हुन सक्ने हालैको अनुसन्धानले निष्कर्ष निकालेको छ ।
स्वीडेनको उप्साला विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययन अनुसार भिडियो गेम खेल्दा तनाव सम्बन्धी समस्याबाट राहत मिल्छ र यसले मस्तिष्कमा अनावश्यक र पीडा दायी सम्झनाहरूलाई नियन्त्रण गर्न पनि मद्दत गर्छ । यो अनुसन्धान बीएमसी मेडिसिनमा प्रकाशित भएको छ ।
गेमिङ तनाव कम गर्ने एउटा प्रभावकारी तरिका
पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) पीडितहरू प्रायः पुरानो र पीडा दायी सम्झनाहरूको कारण अत्यधिक मानसिक दबाब र निन्द्राको समस्या हरू सँग जुध्ने गरेका छन् ।
एकाग्रताको कमी र फ्ल्यास ब्याक पनि यो अवस्थाको सामान्य लक्षण हुन् । यस अध्ययनमा संलग्न प्राध्यापक एमिली होम्सले भिडियो गेम जस्ता दैनिक जीवनमा प्रयोग हुने उपकरणहरू मानसिक स्वास्थ्य समस्याहरू कम गर्न पहुँच योग्य र प्रभावकारी समाधान हुन सक्ने विश्वास राख्छन् ।
अनुसन्धानको क्रममा सहभागीहरूलाई तीन समूहमा विभाजन गरिएको थियो। एउटा समूहलाई विगतका अनुभवहरूमा ध्यान केन्द्रित गर्न छोडिएको थियो, अर्को समूहलाई टेट्रिस नामक भिडियो गेम खेल्न भनियो र तेस्रो समूहलाई रेडियो सुन्न निर्देशन दिइयो । टेट्रिस गेममा ‘मेन्टल रोटेसन’ को अवधारणा प्रयोग गरिन्छ । जसले व्यक्तिलाई विभिन्न कोणबाट वस्तुहरूको कल्पना गर्न मद्दत गर्दछ । यो प्रक्रिया मानसिक रूपमा चुनौती पूर्ण हुन्छ र ध्यान केन्द्रित गर्न मद्दत गर्दछ । जसले गर्दा विगतका तनाव पूर्ण अनुभवहरूको फ्ल्यास ब्याकहरू रोक्न सकिन्छ ।
अनुसन्धानको सुरुमा, सहभागीहरूले प्रत्येक साता औसत १५ फ्ल्याश ब्याकहरू आउने गरेका थिए । तर एक हप्ता पछि भिडियो गेम खेल्ने समूहमा फ्ल्यास ब्याकको सङ्ख्या कम भएर १ मा झर्यो, जबकी अन्य समूहमा यो सङ्ख्या ५ थियो ।
यो प्रभाव छ महिना पछि पनि देखियो, जब भिडियो गेम समूहले फ्ल्याश ब्याकको सङ्ख्यामा कमी मात्र अनुभव गरेन, तर तिनिहरूको अन्य पिटिएसडी सम्बन्धित लक्षणहरूमा पनि महत्वपूर्ण सुधारहरू रेकर्ड गरियो ।
मानसिक स्वास्थ्य को लागी सरल र सुलभ समाधान
प्राध्यापक होम्सका अनुसार यो अध्ययनले भिडियो गेमको प्रयोग मानसिक स्वास्थ्यको उपचारमा प्रभावकारी उपाय हुन सक्छ भन्ने पुष्टि गर्छ ।
परम्परागत चिकित्सा उपायहरू प्रयोग गर्न नसक्ने वा महँगो उपचारका लागि स्रोतहरू नभएका मानिसहरूका लागि यो विशेष महत्वपूर्ण हुन सक्छ।
यो अनुसन्धानले मानसिक स्वास्थ्यमा भिडियो गेमको सकारात्मक प्रभाव को सम्बन्धमा एउटा नयाँ दिशा खोलेको छ र भविष्यमा यस बारे थप विस्तृत अध्ययनहरू हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस