डा.पुकारचन्द्र श्रेष्ठलाई ‘राष्ट्र्रिय सेवा सम्मान’


काठमाडौं– सहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र का कार्यकारी निर्देशक एवं कलेजो मिर्गौला प्रत्यारोपण विज्ञ डा.पुकारचन्द्र श्रेष्ठ ‘राष्ट्रिय सेवा सम्मान’ वाट सम्मानित भएका छन ।

डा.पुकार मुलुकमा सबै भन्दा बढी कलेजो र मिर्गौला मिर्गौला प्रत्यारोपण गर्ने शल्य चिकित्सक हुन । उनले हाल सम्म नेपालमा १५०० वटा मिर्गौला र ३० जनाको कलेजो प्रत्यारोपण गरेका छन् । डा.श्रेष्ठले धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नै १३१० वटा मिर्गौला प्रत्यारोपण गरेका छन् ।

काठमाडौंको चाबहिल स्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले कलेजो, मिर्गौला लगायत अङ्ग प्रत्यारोपण जस्तो जटिल र खर्चिलो शल्य चिकित्सा सेवा लाई दुई दशक देखि मुलुकमा सस्तो सुलभ र उपचार सम्भव बनाई सयौं ज्यान जोगाएको जनाउँदै नगद पुरस्कार सहित ‘राष्ट्रिय सेवा सम्मान’, प्रदान गरेको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!