अनुसन्धान

‘दिनहुँ तीन कप कफी पिउनाले मुटु रोगको जोखिम आधा’


एक नयाँ अनुसन्धानले दैनिक तीन कप कफी पिउनाले मुटु र मेटाबोलिक रोगको जोखिम ४० देखि ५० प्रतिशत सम्म कम हुने देखाएको छ ।

अनुसन्धान कर्ताहरूका अनुसार बढ्दो उमेरले मानिसमा मुटु को मेटाबोलिजम सँग सम्बन्धित कम्तीमा दुईवटा रोगको जोखिम बढाउँछ । यसलाई ‘कार्डियोमेटाबोलिक मल्टि मोर्बिडिटी’ भनिन्छ र यो जन स्वास्थ्यको विषयमा चिन्ता को विषय हो । सरल शब्दहरूमा यसलाई ‘मुटु र मेटाबोलिजम सँग सम्बन्धित थुप्रै रोग भन्न सकिन्छ ।

द जर्नल अफ क्लिनिकल इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजममा प्रकाशित अनुसन्धानका लागि चीनको सूचाउ विश्वविद्यालयले बेलायतको बायो बैङ्कको तथ्याङ्क प्रयोग गर्यो ।

अनुसन्धान कर्ताहरूले कार्डियोमेटाबोलिक रोग नभएका क्याफिन पिउने १ लाख ७२ हजार मानिसको तुलना चिया र कफी पिउने १ लाख ८८ हजार मानिस सँग गरे ।

अनुसन्धान कर्ताहरूले  पाए की दिनहुँ कफी न खाने वा १०० मिलि ग्राम भन्दा कम कैफिन लिने व्यक्तिको तुलना मा प्रतिदिन तीन कप कफी वा २०० देखि ३०० मिलि ग्राम क्याफिन खपत गर्ने व्यक्तिहरूमा कार्डियोमेटाबोलिक मल्टीमोर्बिडिटीको जोखिम ४० –४८ प्रतिशत कम हुन्छ । अर्थात्, क्याफिनको सेवन जति बढी हुन्छ, कार्डियो मेटाबोलिक मल्टि मोर्बिडिटीको जोखिम त्यति नै कम हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!