‘अब आँखा बिना पनि देख्न पाउने, दुवै आँखा गुमाएकाका लागि चमत्कारी प्रत्यारोपण’


ब्रेन कम्प्युटर इन्टरफेस कम्पनी न्यूरालिङ्कले अर्को क्रान्तिकारी प्रविधिको विकास गरेको छ । जसको नाम ब्लाइन्डसाइट इम्प्लान्ट हो । जसले दुवै आँखा गुमाएका मानिसहरूलाई दृष्टि पुर्नस्थापित गर्न सक्छ । कम्पनीका संस्थापक एलन मस्कले बुधवार यो जानकारी दिएका हुन् ।

ब्लाइन्ड साइट इम्प्लान्ट, यो प्रत्यारोपण हाल प्रयोगात्मक चरणमा छ र हालै अमेरिका स्थित फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (युएस एफडिए) बाट ‘ब्रेक थ्रु डिभाइस’, को दर्जा प्राप्त गरेको छ ।

मस्कले सोसल मिडिया प्लेटफर्म एक्स मा भने, ‘युएस एफडिए लाई धेरै धेरै धन्यवाद’, यो यन्त्रले आँखा र अप्टिक नर्भ दुवै गुमाएका लाई पनि दृष्टि दिने उनले बताए । मस्कले यो प्रत्यारोपण (ब्लाइन्ड साइट इम्प्लान्ट) जन्म देखि नै दृष्टि विहीन व्यक्तिहरूको लागि पनि उपयोगी हुन सक्ने बताए, यदि तिनिहरूको भिजुअल (दृश्य) कोर्टेक्स स्वस्थ छ भने ।

यद्यपि प्रारम्भमा यो दृष्टि कम रिजोलुसन को हुनेछ, जस्तो पुरानो भिडियो गेमहरूमा हुन्थ्यो । तर प्राविधिक विकासको साथ, यसले प्राकृतिक दृष्टिलाई पनि पार गर्न सक्छ र मानिसहरूले इन्फ्रारेड, अल्ट्राभ्वाइलेट (पराबैंगनी), वा रडार तरंगहरूमा पनि देख्न सक्नेछन् ।

समाजमा चमत्कारको सुरुवात

एक्सको का सीईओ लिन्डा याकारिनोले यो प्रगतिको प्रशंसा गर्दै भने, ‘यो धेरैका लागि चमत्कार हो ।’ हाल, यो उपकरणको मानव परीक्षण सुरु भएको छैन र न त कम्पनी वा अमेरिकी एफडीएले यसको लागि कुनै समय सिमा तोकेको छ ।

मेरुदण्डको चोटको लागि पनि उम्मेद

न्यूरालिंकले अर्को प्रत्यारोपणको पनि परीक्षण गरेको छ । जसले क्वाड्रिप्लेजिया (चारै अङ्गको पक्षाघात) भएका बिरामीहरूलाई सोचेर मात्र डिजिटल उपकरणहरू प्रयोग गर्ने क्षमता प्रदान गर्न सक्छ ।

यो प्रत्यारोपणमा एक चिप हुन्छ जसले न्युरल (तंत्रिका) सङ्केतहरू प्रशोधन गर्न सक्छ र तिनिहरूलाई कम्प्युटर वा फोन जस्ता उपकरणहरूमा पठाउन सक्छ ।

मस्कको न्यूरालिङ्क यात्रा

एलन मस्कले सन २०१६ मा न्युरोसाइन्स, बायोकेमिस्ट्री र रोबोटिक्स जस्ता क्षेत्रहरूमा विशेषज्ञ रहेका सात वैज्ञानिक र इन्जिनियरहरू सँग मिलेर न्यूरालिङ्कको स्थापना गरे ।

यस अघि पनि कम्पनीले पक्षाघात भएका बिरामीलाई आफ्नो शरीरमा पूर्ण नियन्त्रण राख्न मद्दत गर्ने अनौठो चिप विकास गरेको थियो । अहिले सम्म, दुई जनाले यो ब्रेन–चिप इम्प्लान्टमा सफलता पाएका छन्, जसमा अमेरिकी एफडिए बाट स्वीकृति प्राप्त भएको छ । न्यूरालिङ्कको यो पछिल्लो खोजले भविष्यमा दृष्टि विहीनहरूको जीवनमा नया क्रान्ति ल्याउने अपेक्षा गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!