अनुसन्धान

‘फङ्गल ब्याक्टेरियाले वर्षेनी ३८ लाखको ज्यान लिदैछ: ल्यान्सेट अध्ययन’


‘द ल्यान्सेट’ मा गत शुक्रबार प्रकाशित एक अध्ययनले एन्टी माइक्रोबियल रेसिस्टेन्स (एएमआर) विरुद्धको लडाइमा फङ्गल पैथोजन (रोगजनक) हरूमा ध्यान दिन अपिल गरेको छ ।

यो अध्ययन बेलायतको म्यानचेस्टर विश्वविद्यालय, आम्सटर्डम र नेदरल्याण्डको वेस्टरडाइक इन्स्टिच्युटका वैज्ञानिकहरूले गरेका हुन् ।

यो अध्ययन अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) द्वारा पहिचान गरिएका अधिकांश फङ्गल पैथोजेन (रोग जनक) हरू या त पहिले नै प्रतिरोधी छन् वा तीव्र रूपमा एन्टि फङ्गल औषधिहरूको प्रतिरोधी क्षमता विकास गरिरहेका छन् ।

अध्ययन अनुसार यी फङ्गल ब्याक्टेरियाका कारण हरेक वर्ष करिब ३८ लाख मानिसको मृत्यु हुने गरेको छ । यो प्रतिवेदन संयुक्त राष्ट्र्र सङ्घको यस महिनाको अन्तमा हुने एएमआर सम्बन्धी बैठक अघि आएको हो । जसमा एएमआर नियन्त्रण गर्न फंगल रोग जनकहरूमा विकसित प्रतिरोधलाई समावेश गर्न अपिल गरिएको छ ।

फंगसको शिकार वृद्धहरू 

अध्ययनमा एस्परगिलस, क्यान्डिडा, नाकासिओमाइसेस ग्लैब्रेटस र ट्राइकोफाइटन इन्डोटिनी जस्ता प्रमुख फङ्गिसाइड प्रतिरोधी संक्रमणहरू को उल्लेख गरिएको छ । यसले विशेष गरी वृद्धहरू र कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूका लागि गम्भीर स्वास्थ्य खतरा निम्त्याउँछ ।

म्यानचेस्टर विश्वविद्यालयका डा नर्मन भ्यान रिजनले विगत दशकहरूमा आक्रमणकारी फङ्गल रोगहरूले धेरै औषधि प्रतिरोधी समस्याहरूलाई जन्म दिएको बताउँछन् ।

फंगल र मानव कोशिकाहरू बीचको चरम समानताले फंगल कोशिकाहरूलाई मात्र लक्षित गर्ने र मानव कोषहरूलाई हानी नगर्ने उपचारहरू फेला पार्न चुनौती पूर्ण हुन्छ ।

संक्रमण को लक्षण

फङ्गल इन्फेक्सन भएमा यसले प्रायः प्रभावित क्षेत्रमा चिलाउने, दुख्ने, रातो हुने वा दाग हुने, नङको रङ उड्ने, बाक्लो हुने वा भाँच्ने, खाना खादा दुख्ने, मुख वा घाटीमा सेतो दाग हुने, छाला को तल पीडा रहित गाँठो जस्तो जस्ता लक्षणहरू देखा पर्छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!