‘४४ वर्षीय प्रसूति रोग विशेषज्ञ डा. सजन केसीको मुटु सम्बन्धी समस्याले निधन’


काठमाडौं– भरतपुर अस्पतालमा वरिष्ठ कन्सल्टेन्टको रूपमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ ४४ वर्षीय डा सजन केसीको निधन भएको छ । मुटु सम्बन्धी समस्या को कारण उनको आइत बार काठमाडौंमा निधन भएको हो ।

डा.केसीको मृत्युको सम्भाव्य कारण पुरानो एओर्टिक एनोरिज्म च्यातिने वा फुटने कारणले हुन सक्ने उनको उपचार प्रकृयामा संलग्न एक चिकित्सकले बताए ।

चिकित्सकीय स्रोतका अनुसार उच्च रक्तचापका शिकार डा केसीलाई पहिल्यै देखि मुटु सम्बन्धी समस्या रहेको थियो । उनको मुटु वाट निक्लिने एओर्टा फुल्ने समस्या (एन्युरिज्म) थियो । यस अघि समेत त्यही नशा च्यापिएर समस्या भएको थियो ।

‘यस पटक समेत यो समस्या फेरी देखियो’, उनको उपचार प्रकृयामा संलग्न एक चिकित्सकले भने–‘छातीमा गाह्रो भएर उनलाई विनायक अस्पतालमा लगिएको थियो, त्यहाँ अवस्थामा सुधार नदेखिए पछि मनमोहन कार्डियो थोरासिक भास्कुलर एवं ट्रान्सप्लान्ट सेन्टरमा पठाइयो ।’

सेन्टरका एक चिकित्सकको अनुसार डा.केसी लाई अस्पताल पुर्याउदा उनको मुटु काम गरिरहेको थिएन । अस्पतालमा सिपिआर लगायतका प्रकृया गर्दा समेत फर्काउन सकिएन ।

‘हामी कहाँ आउनु भन्दा अगावै बाटो मै उहाँको निधन भइ सकेको थियो’, ति चिकित्सकले भने । डा.केसी ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा भरतपुर अस्पतालमा कार्यरत थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!