‘औषधिलाई स्वदेश मात्र नभइ विदेशमा पनि बिक्री वितरण हुने बनाउनु पर्छ: स्वास्थ्य मन्त्री प्रदिप पौडेल’


काठमाडौं–स्वास्थ्य मन्त्री प्रदिप पौडेलले नेपालमा उत्पादित औषधिहरूलाई मुलुक मै मात्र नभइ बङ्गलादेश जस्तै विदेशमा समेत बिक्री वितरण हुने वातावरण बनाउनु पर्ने बताएका छन् ।

नेपाल औषधि उत्पादक सङ्घ को ३० औ साधारण सभामा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले उक्त कुरा बताएका हुन । उनले नेपाली लार्इ स्वदेशी उत्पादनबाट सर्व सुलभ, गुण स्तरीय र सस्तो औषधि कसर दिन सकिन्छ लगायतका विषयमा औषधी उत्पादक सँग छलफल गर्न आफू तयार रहेको बताए ।

राज्यको नजरमा औषधि उत्पादक सँग द्वन्द गर्नु पर्ने कुनै कारण नरहेको जनाउँदै स्वास्थ्य मन्त्रीले जनताको स्वास्थ्य प्रधान कुरो रहने गरी आफू हरू औषधि व्यवसायी सँग छलफल गरेर औषधि सम्बन्धी नीति बनाउन तयार रहेको बताए ।

नेपाल मेडिकल काउन्सिलका वर्तमान अध्यक्ष र बङ्गलादेशका राजदूत रही सकेका डा.चोपलाल भुसालले बङ्गलादेश औषधि मा आत्मनिर्भर भइ सकेको जनाउँदै त्यहाँ मात्र २ प्रतिशत जति औषधि विदेशबाट आयात गर्नु पर्ने अवस्था रहेको बताए । नेपालको औषधि ऐन धेरै पुरानो भएको जनाउँदै नेपाल चिकित्सक सङ्घ का अध्यक्ष डा.अनिल विक्रम कार्कीले बताए ।

औषधि उत्पादक सङ्घका अध्यक्ष महेश प्रधानले राज्यबाट संरक्षण नपाउँदा मुलुकको औषधि उद्योगहरू विस्तारै बन्द भइ रहेको दुखेसो पोखे । उनले राज्यवाट ओषधि उद्योगलाई अलि माया चाहिएको बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!