‘जापानी इन्सेफ्‌लाइटिसले १४को मृत्यु, सङ्क्रमणले मृत्यु दर २२.२९ प्रतिशत’


काठमाडौं– मुलुकमा यो वर्ष हाल सम्म जापानी इन्सेफ्‌लाइटिस (जेई) ले १४ जनाको मृत्यु भएको छ । जेईको मृत्यु दर २२.९५ प्रतिशत छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनुसार यो वर्ष जेई वाट मृत्यु हुनेहरूमा कैलाली जिल्लामा ३, कपिलवस्तुमा १, पाल्पामा १, चितवनमा १, सिन्धुलीमा १ रौतहटमा १ , सर्लाहीमा १ , सिरहामा २, सुनसरीमा २ र झापा जिल्लामा १ जना रहेका छन् । गत वर्ष जेइले ७ जनाको मृत्यु भएको थियो ।

सन २०२४ को जनवरी देखि हाल सम्म गरी शङ्कास्पद बिरामी वाट ६९५ नमुना सङ्कलन गरिएको मा ६१ जनामा जेई पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुसार जेईका धेरै जसो बिरामी १५ वर्ष मुनीका छन् । प्रयोगशालाको अनुसार मुलुकमा जेई को बिरामी हरेक वर्ष अगस्त देखि सेप्टेम्बर महिनामा उच्च देखिने गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!