‘८० जनामा हैजा, मृत्यु शून्य, डेंगुले ५ को ज्यान लियो’


काठमाडौं– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा को अनुसार मुलुकमा सन २०२४ मा हाल सम्म डेंगुको ८१५९ केस देखिनु को साथै ५ जनाको मृत्यु भएको छ भने हैजाले कसैको ज्यान लिएको छैन ।

७५ जिल्ला डेंगुले प्रभावित छ तर यो वर्ष गत सालको जस्तो उग्र सङ्क्रमण अहिले सम्म देखिएको छैन । यो वर्ष सेप्टेम्बर महिनामा हाल सम्म देखिएको डेंगु केसको दाँजोमा गत वर्ष ११ गुणा बढी देखिएको छ ।

सेप्टेम्बर महिनामा हाल सम्म १३१३ डेंगु सङ्क्रमण देखिएको मा गत वर्ष यही महिनामा हाल कै समय सम्म १३९१२ डेंगु सङ्क्रमण देखिएको थियो ।

यस्तै देश भरीमा हाल सम्म देखिएका कुल ८० जना हैजाका बिरामी मध्ये ललितपुरमा ५२, काठमाडौंमा १२, कैलालीमा ८, प्यूठानमा २, मकवानपुरमा १, रोल्पामा ४ र सिन्धुपालचोकमा १ जना मा सङ्क्रमण भएको हो । तर हैजाले मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा मुलुकमा नयाँ हैजाको केस पुष्टि भएको छैन भने पछिल्लो पुष्टि भएको केस ५ दिन अघि देखिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!