‘भारतले मंकी पक्स को पहिलो केस पुष्टि गर्यो’


नयाँ दिल्ली– भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले अफ्रिकी देशको यात्रा गरेर फर्किएका एक व्यक्तिमा मन्की पक्सको लक्षण देखिएको पुष्टि गरेको छ ।

गत आइत बार अर्थात् सेप्टेम्बर ८ तारिख देखि उनलाई आइसोलेसनमा राखिएको थियो । उनको नमुनाको परीक्षणले मन्कीपक्स स्ट्रेन वेस्ट अफ्रिकन क्लेड २ भएको पुष्टि गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को ग्लोबल हेल्थ इमर्जेन्सीमा समावेश गरिएको स्ट्रेन क्लेड १ मा छैन । डब्लुएचओलेले नोभेम्बर २०२२ मा मंकी पक्स लाई एमपोक्स भन्न थाल्यो । अव यसलाई एमपक्स नामले नै जानिन्छ ।

मंकीपक्सको हटस्पट कुन देशमा छ ? 

अहिले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मंन्कीपक्सको केन्द्रबिन्दु बनेको छ । यहाँ बाट सङ्क्रमण अन्य देशहरूमा फैलिएको छ । जनवरी १ तारिख २०२४ देखि जुलाई ३१ तारिख सम्म संसारका १२१ देशहरूमा मंकी पक्सका केसहरू फेला परेका छन् । यस अवधिमा कुल १ लाख ३ हजार ४८ जनामा मंकी पक्स सङ्क्रमण पुष्टि भएको छ ।

यस अवधिमा मंकी पक्स सङ्क्रमणबाट २२९ जनाको मृत्यु भएको छ । गत महिनाको तुलनामा मंकीपक्सका बिरामी ११.३ प्रतिशतले बढ्दै गएका छन् ।

विश्व भर फेला परेका कुल केस मध्ये ५४.३ प्रतिशत मात्र डीआरसीमा भेटिएका थिए । २३.१ प्रतिशत केसहरू अमेरिकी क्षेत्रमा पाइए । १ जनवरी २०२२ पछि मंकी पक्स वाट सबै भन्दा बढी प्रभावित १० देशहरूमा अमेरिका, ब्राजिल, स्पेन, डीआरसी, फ्रान्स, कोलम्बिया, मेक्सिको, बेलायत र जर्मनी समावेश छन् ।

विश्व भरका ८० प्रतिशत केस यी १० देशमा भेटिएका छन् । मंकी पक्सको पहिलो केस सन् १९५८ मा डेनमार्कमा देखिएको थियो ।

मानिसमा मंकी पक्सको पहिलो केस सन् १९७० मा देखा परेको थियो । आजकल यो क्लेड–१बी ले गर्दा फैलि राखेको छ । क्लेड–१ र क्लेड–२ मध्ये क्लेड–१ बढी घातक मानिन्छ । क्लेड–१बी सङ्क्रमणको मुख्य कारण सेक्सलाई मानिन्छ । जबकि क्लैड १ए सामान्यतया जनावरहरू वाट फैलिन्छ । यसको नयाँ भेरिएन्ट अफ्रिकामा महिला र बालबालिकालाई बढी सङ्क्रमित पार्दै छ ।

के हो मंकी पक्स ?

मंकी पक्स भाइरस बाट सर्ने रोग हो । यसको सङ्क्रमण मंन्कीपक्स नामक भाइरसले गर्दा हुन्छ । यो जीनस अर्थोपक्सभाइरस प्रजातिको एउटा भाइरस हो ।

यसका दुई प्रकार छन्, क्लैड १ (यस का दुई वटा उपवर्ग (सबक्लेडहरू) छन्, १ए र १बी र क्लैड २ (यसको दुई उपवर्ग छन २ए र २ बी । सन् २०२२–२०२३ मा मन्कीपक्सको प्रकोप क्लेड २बी स्ट्रेनको कारणले भएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!