अनुसन्धान
‘पीएम २.५ को एक्सपोजरले पुरुषहरूमा बाझो पन निम्त्याउन सक्छ’

डेनमार्कमा गरिएको एक अध्ययन अनुसार वायु प्रदूषण को सूक्ष्म कणहरू (पीएम २.५) को सम्पर्कमा लामो समय सम्म सम्पर्कमा रहँदा यसले शुक्राणुको गतिशीलतालाई असर गर्छ र पुरुषमा बाझो पन हुन सक्छ ।
डेनमार्कको नार्ड युनिभर्सिटीका अन्वेषकहरूले गरेको अध्ययनले संसार भरको बाझो पनको समस्याबारे प्रकाश पारेको छ । यो समस्याले हरेक सात मध्ये एक जोडी लाई प्रभावित पार्छ ।
शुक्राणुको गुणस्तर र प्रजनन उपचारको सफलता सम्बन्धी अध्ययनहरूले सुझाव दिन्छ कि वायु प्रदूषणले शुक्राणुको गतिशीलतालाई असर गर्छ, तर कुनै पनि अनुसन्धानले पुरुष र महिलाहरूमा बाझो पनमा यातायातको होहल्लाको प्रभावलाई हेरेको छैन ।
पुरुषमा बाझो पनको जोखिम बढी
बीएमजे पत्रिकामा प्रकाशित अध्ययन अनुसार लामो समयसम्म पीएम २.५ को सम्पर्कमा रहँदा पुरुषमा बाझो पनको जोखिम बढेको देखाएको छ ।
अध्ययनमा सन २००० देखि २०१७ बीच डेनमार्कमा बस्ने ३० देखी ३५ वर्षका दुई भन्दा कम बच्चाहरू भएका २६०५६ पुरुषहरू समावेश थिए । पाँच वर्षमा पीएम २.५ को औसत भन्दा माथिको स्तर को सम्पर्क मा रहनाले ३०–४५ वर्षका पुरुषहरूमा २४ प्रतिशतले बाझो पनको जोखिम बढ्छ ।
अनुसन्धान कर्ताहरूले भने कि यो एक पर्यवेक्षणात्मक अध्ययन भएकोले यसको कारण निर्धारित गर्नु असम्भव छ । तिनिहरूले यो पनि स्वीकार गरे कि जीवन शैली सम्बन्धी विशेषताहरू र कामको समय एवं फुर्सतका गतिविधिहरूमा वायु प्रदूषणको सम्पर्क मा आउने बारेमा उनीहरूको तथ्याङ्क अपूर्ण हुन सक्छ । र गर्भधारण गर्ने प्रयास नगर्ने दम्पतीहरू लाई समावेश न गरिएको हुन सक्छ ।
अध्ययनले विश्वव्यापी रूपमा जन्म दर बढाउन वायु प्रदूषण उपायहरू लागू गर्ने आवश्यकतामा जोड दिएको छ । सरकारले वातावरण सुधार गरेर र वायुको गुणस्तरका समस्याहरूलाई सम्बोधन गरेर प्रजनन स्वास्थ्य परिणामहरू सुधार गर्न सक्छ ।
प्रतिक्रिया दिनुहोस