अनुसन्धान

‘उमेर अनुसार जान्नुस्, महिनामा कति पटक शारीरिक सम्बन्ध राख्नु उचित? चकित पार्ने तथ्य बाहिर आयो’


शारीरिक सम्बन्ध सँग सम्बन्धित कुरालाई प्रायः वर्जित मानिन्छ तर हालै एउटा नयाँ रिपोर्टले यस विषयमा खुलेर चर्चा गरेको छ । यो प्रतिवेदनले विश्व भरका हजारौं मानिसको यौन जीवनलाई उजागर गरेको छ ।

इन्डियाना युनिभर्सिटीको किन्से इन्स्टिच्युटका शोध कर्ताहरूले यो प्रतिवेदन तयार पारेका हुन् । जसमा विभिन्न पुस्ताका मानिसहरूले एक महिनामा कति पटक यौन सम्पर्क राख्छन् भन्ने जानकारी दिइएको छ ।

यस रिपोर्टका तथ्याङ्कहरू चकित पार्ने छन् र जेनेरेसन जेड (जेन जेड) को यौन जीवन अघिल्लो पुस्ताको तुलनामा धेरै कम सक्रिय रहेको देखाउँछ ।

यस प्रतिवेदनको शीर्षक ‘द स्टेट अफ डेटिङः हाउ जेन जेड रिडिफाइनिङ्ग सेक्सुअलिटी एण्ड रिलेसनसिप्स’ । यो रिपोर्ट फिल्ड नामक डेटिङ एपमा ३,३१० भन्दा बढी व्यक्तिको तथ्याङ्कमा आधारित छ ।

यी सहभागीहरूको उमेर १८ देखि ७५ वर्षको बीचमा थियो र उनीहरू ७१ विभिन्न देशका थिए । उनीहरूलाई उनीहरूको यौन जीवन सँग सम्बन्धित प्रश्नहरूको जबाफ दिन सर्वेक्षणमा समावेश गरिएको थियो ।

रिपोर्टको तथ्याङ्क अनुसार, औसतमा, जेन जेड का सहभागीहरूले बताए कि उनीहरूले गत महिनामा तीन पटक मात्र यौन सम्पर्क गरेका थिए । त्यही मिलेनियल्स र जेनेरेसन एक्सले अलि बढी यौन सम्पर्क गरेका थिए, यी दुवै पुस्ताले पछिल्लो महिनामा पाँच पटक यौन सम्पर्क गरेका थिए । बूमर्स ले पनि पछिल्लो महिनामा औसत रूपमा तीन पटक मात्र यौन सम्पर्क गरेका थिए । यो तथ्याङ्कले जेन जेड र बुमर्सको यौन जीवन लगभग समान रूपमा कम सक्रिय रहेको देखाउँछ ।

जेन जेडको कम शारीरिक सम्बन्धको कारण के हो? 

अनुसन्धान कर्ताहरू भन्छन् कि जेन जेड पुस्ताका मानिसहरू सँग शारीरिक सम्बन्धका लागि कम समय हुन्छ किनभने तिनिहरू आफ्नो करियर र अन्य कुराहरूमा बढी ध्यान दिन्छन् ।

रिपोर्टका अनुसार, ‘जेन जेड र बुमर्स दुवैको यौन आवृत्ति लगभग समान छ, जसले सबै भन्दा कम उमेरका र सबैभन्दा वृद्ध वयस्कहरूको कम सक्रिय यौन जीवन रहेको संकेत गर्दछ ।’ यो वाहेक रिपोर्टमा यो समेत देखियो कि लगभग आधा जेन जेड सहभागीहरू अविवाहित थिए, जबकी मिलेनियल्स, जेनेरेसन एक्स र बुमर्सको २० प्रतिशत मात्र एकल थिए ।

जेन जेडको यौन अनुभव 

जेन जेडको सेक्स लाइफ कम सक्रिय भएता पनि यो पुस्ता बेडरुममा सबैभन्दा बढी एडभेन्चरस देखिएको छ । रिपोर्टले पत्ता लगायो कि ५५ प्रतिशत जेन जेड सहभागीहरूले फिल्ड एप मा जोडिए पछि एउटा नयाँ किंक पत्ता लगाए । तुलनात्मक रूपमा, यो संख्या मिलेनियल्समा ४९ प्रतिशत, जेनेरेसन एक्स मा ३९ प्रतिशत र बुमर्समा ३३ प्रतिशत थियो ।

एक महिनामा यौन सम्पर्क गर्ने सहि सङ्ख्या ? 

अनुसन्धान कर्ताहरू भन्छन् कि यौन सम्पर्कको सही सङ्ख्या व्यक्ति पिच्छे फरक हुन सक्छ । कसैको लागि हप्तामा एक पटक शारीरिक सम्बन्ध पर्याप्त हुन सक्छ भने कसैलाई यो कम लाग्न सक्छ । सबैभन्दा महत्वपुर्ण कुरा यो हो कि तपाईं र तपाई को पार्टनर दुवै सन्तुष्ट हुनुपर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!