अनुसन्धान

‘मोबाइल फोनको प्रयोग र मस्तिष्कको क्यान्सर बीच कुनै सम्बन्ध छैन’


विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले मोबाइल फोनको प्रयोग र मस्तिष्कको क्यान्सर बीच कुनै सम्बन्ध नभेटिएको बताएको छ ।

डब्लुएचओले विभिन्न अध्ययनको समीक्षा पछि यस्तो बताएको हो । एक अन्तर्राष्ट्रिय टोलीले ५००० भन्दा बढी अनुसन्धानहरूको अध्ययन गर्यो र यस मध्ये सन १९९४ देखि २०२२ को बीच प्रकाशित ६३ अनुसन्धान लाई अन्तिम विश्लेषणमा समावेश गर्यो । यो विश्लेषण जर्नल इन्भाइरोन्मेन्ट इन्टरनेशनलमा प्रकाशित भएको छ ।

अस्ट्रेलियन रेडिएसन प्रोटेक्सन एण्ड न्यूक्लियर सेफ्टी एजेन्सी (एआरपीएएनएसए) को नेतृत्व को टोलीले के पायो भने विगत दुई दशक यता वायरलेस प्रविधिको उपयोगमा व्यापक वृद्धि भए पनि मस्तिष्कको क्यान्सरको मामिलामा वृद्धि भएको छैन ।

मे २०११ मा, इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी) ले रेडियो तरङ्ग को सम्पर्क लाई सम्भवतः मनुष्यको लागि क्यान्सर उत्पन्न गर्ने को रूपमा वर्गीकृत गरेको थियो । जो वायरलेस फोनको उपयोग सँग जोडिएको ब्रेन क्यान्सरको एउटा घातक प्रकार ग्लियोमा को बढ्दो जोखिममा आधारित छ । मोबाइल फोनले रेडियो तरङ्ग उपयोग गर्छ ।

प्रमुख अनुसन्धान कर्ता केन करिपिडिसले नयाँ अध्ययन व्यापक रहेको बताए । अनुसन्धान कर्ता हरूले पत्ता लगाए कि मोबाइल फोनबाट रेडियो तरङ्गहरूको सम्पर्कमा आउनाले ग्लियोमा वा अन्य मस्तिष्क सँग सम्बन्धित क्यान्सरहरू जस्तै मेनिंगियोमा, पिट्युटरी ट्युमर र ट्युमरको जोखिम बढ्दैन ।

उनले ५ जी नेटवर्कको प्रभावलाई हेर्न सक्ने अध्ययनको लागि पनि आह्वान गरे । तार रहित अर्थात् वायरलेस संचारले हालै छ गिगाहर्ज भन्दा माथिको रेडियो फ्रिक्वेन्सी (आवृत्ति) हरू प्रयोग गर्न थालेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!