‘कैलालीमा १२ वर्ष पछि जापानी इन्सेफ्लाइटिस, २ को मृत्यु केहीमा सङ्क्रमण पछि उच्च सतर्कता’
काठमाडौं– कैलाली जिल्लामा मस्तिष्क ज्वरोको नामले समेत चिनिने जापानी इन्सेफ्लाइटिस (जेई) ले दुई जनाको मृत्यु र थप चार जनामा सङ्क्रमण देखिए पछि नियन्त्रणको लागि विशेष निगरानी सहित उच्च सतर्कता अपनाइँदै जन चेतना अभियान थालिएको छ । जेईले कैलालीको घोडाघोडी नगरपालिका मा ९ वर्षीय बालक र ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
चिकित्सकीय तथ्याङ्क अनुसार जेई करिव ४६ वर्ष अघि महामारीको रूपमा पहिलो पटक रूपन्देही मा देखिएको थियो । त्यस ताका भारतको उत्तर प्रदेशबाट जेई सरेको विशेषज्ञहरूको भनाइ छ । त्यस पछि मोरङ्ग हुँदै विस्तारै अन्य जिल्लामा फैलिदैं देशभरि देखिन थालिएको हो । यो भाइरल रोगको पहिलो केस सन १८७१ मा जापानमा देखिएकोले यसको नाम जापानी इन्सेफ्लाइटिस रहन गएको हो ।
‘कैलाली जिल्लामा १२ वर्ष पछि जेई देखिएको हो’, सुदूर पश्चिम स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. खगेन्द्र बमले नेपालहेल्थप्रेससँग भने–‘दुई दशक अघि जेई यहाँ व्यापक थियो, थुप्रै मृत्यु समेत हुने गरेको थियो ।’
जेई सार्ने ‘फ्लेवी’ भाइरस सुँगुर र पानीमा बस्ने चराहरूमा पाइन्छ । जेई भाइरस बाट सङ्क्रमित हाँस, कुखुरा, चराचुरुङ्गी एवं बँगुर, सुँगुर जस्ता जनावरहरू लाई लामखुट्टे ले टोक्दा उक्त लामखुट्टे सङ्क्रमित हुन्छ । यस्ता सङ्क्रमित लामखुट्टले मनुष्यलाई टोक्दा जेई रोग लाग्ने जनाउँदै डा.बमले भने–‘हाँस, कुखुरा, चराचुरुङ्गी एवं बँगुर, सुँगुर जस्ता जनावरहरू पाल्ने समुदाय सँग पनि हामी सम्पर्क मा रही यसको नियन्त्रणको लागि विशेष पहल गर्ने छौं ।’
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अनुसार जेई भाइरस लामखुट्टे, सुँगुर र पानी चराहरू बीचको प्रसारण चक्रमा अवस्थित रहन्छ । यो रोग मुख्यतया ग्रामीण र सहरी सेटिङहरूमा पाइन्छ, जहाँ मानिसहरू यी जीवहरू नजिक बस्छन्, विशेष गरी घरेलु सुँगुरहरू नजिक ।
एसियाका धेरैजसो समशीतोष्ण क्षेत्रहरूमा, जेई मुख्यतया गर्मी मौसममा फैलिन्छ, यो समयमा महामारी पनि हुन सक्छ । उष्णकटिबंधीय र सबट्र्रोपिक्स क्षेत्रमा, जेईको प्रसारण वर्षभरि हुन सक्छ तर प्रायः वर्षाको मौसममा र धान खेती हुने समयमा यो सङ्क्रमण तीव्र हुने डब्लुएचओले उल्लेख गरेको छ । जेई मानिसबाट मानिसमा सर्दैन भने यो रोग मुख्य रूपमा साउन देखी कात्तिक सम्म देखिने गरिएको छ ।
डा.बमले भने–‘जेई देखिएको तिन दिन भयो, हाल लाई आउट ब्रेकको अवस्था छैन तर हामी उच्च सतर्कता (हाई अलर्ट) को अवस्थामा छौं ।’
जेईको भाइरस शरीरमा पुगे पछि ४ देखि १४ दिन सम्ममा लक्षण देखिन सक्ने भएकोले कैलालीमा यसको प्रकोप देखिएको हो वा होइन भन्ने बारे तत्काल यकिन गर्न नसकिने अवस्था छ ।
लामखुट्टेको टोकाई वाट सर्ने जापानी इन्सेफ्लाइटिस (जेइ) मा मस्तिष्कमा गम्भीर सङ्क्रमण हुने गर्छ । जुनसुकै उमेरका मा लाग्न सक्ने यो रोग मुख्य रूपमा १५ वर्ष मुनीका वालवालिकामा बढी देखिन्छ ।
स्वास्थ्यकर्मीहरु समुदाय मै गएर जेई को बारेमा जानकारी दिने र स्थानीय स्कूलहरूमा बालबालिकालाई यस बारे विशेष जागरूकता उत्पन्न गर्ने रणनीति कैलालीका स्थानीय स्वास्थ्य निकायले अँगालेको छ ।
जेईको सङ्क्रमण कैलालीमा धान काटने समय सम्म जारी रहन सक्ने सम्भावना औँल्याउँदै डा.बमले भने–‘हामी एलर्टको अवस्थामा छौं, सबै स्वास्थ्य निकायलाई जेईको प्रोटोकल अनुसार सावधानी साथ अवलोकन गरेर उपचार गर्न भनेका छौं ।’
संकास्पद जेईको बिरामीलाई उपचारको दायरामा ल्याउन स्वास्थ्य कार्यालयहरू लाई समेत परिचालन गरिएको जनाउँदै डा.बमले भने–‘घना बस्तीमा फैलिने सम्भावना बढी हुन्छ, यसैले जन चेतना मुलुक कार्यक्रम संगै बचाउको लागि पनि हामी काम गरिरहेका छौ।’
कैलालीमा जेईको सङ्क्रमण वा संकास्पद रोगी देखिएको ठाउको ५ सय मिटर क्षेत्रमा खोप लगाउने र यस वारे विस्तृत जानकारी दिने रणनीति समेत अपनाइएको छ ।
जेई रोकथाम को लागि सुरक्षित र प्रभावकारी खोपहरू उपलब्ध छन् । यसको कुनै खास उपचार छैन । जेईमा लक्षणको आधारमा उपचार गरिन्छ ।
जेई नियन्त्रण गर्न लामखुट्टेको टोकाई वाट बाच्नु नै सुरक्षाको सबै भन्दा राम्रो उपाय हो । यस बाहेक खोप दिँदा रोगबाट बच्न सक्ने ९९ प्रतिशत सम्भावना हुन्छ ।
के हो जापानी इन्सेफ्लाइटिस ?
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अनुसार जापानी इन्सेफ्लाइटिस एसियाका धेरै देशहरूमा भाइरल इन्सेफलाइटिसको मुख्य कारण हो जसमा प्रत्येक वर्ष अनुमानित १००००० क्लिनिकल केसहरूछन ।
जापानी इन्सेफ्लाइटिस भाइरस (जेईभी) डेंगु, यलो फिभर र वेस्ट नाइल भाइरस सँग सम्बन्धित फ्लेभिभाइरस हो र यो लामखुट्टे (विशेष गरी क्युलेक्स ट्राइटेनियरहिन्चस) द्वारा फैलिन्छ । यद्यपि लाक्षणिक जापानी इन्सेफ्लाइटिस (जेई) दुर्लभ छ, तर इन्सेफ्लाइटिस भएकाहरूमा मृत्यु दर ३० प्रतिशत सम्म हुन सक्छ । स्थायी न्यूरोलोजिक, संज्ञानात्मक र व्यवहारिक परिणामहरू इन्सेफ्लाइटिस भएका हरु मध्ये ३० देखि ४० प्रतिशतमा हुन्छ ।
डब्लुएचओको अनुसार एउटा अध्ययन को अनुमान अनुसार बर्सेनि विश्व भरीमा जेईको १००००० क्लिनिकल केश हुन्छ, जसमा करिव २५००० मृत्यु हुन्छ । जेई मुख्य रूप ले वालवालिकालाई प्रभावित गर्छ । तर जुन सुकै ऊमेर व्यक्ति यो सङ्क्रमण वाट प्रभावित हुन सक्छन ।
जेईको लक्षणहरू
डब्लुएचओको अनुसार धेरै जसो जेई संक्रमणहरू हल्का (ज्वरो र टाउको दुखाइ) वा स्पष्ट लक्षणहरू बिना हुन्छन्, तर लगभग २५० संक्रमणहरू मध्ये १ गम्भीर हुन्छ ।
जेईले बच्चाहरूमा, ग्यास्ट्रो इंटेस्टाइनल दुखाइ र बान्ता प्रमुख प्रारम्भिक लक्षण हुन सक्छ । यस्तै तीव्र ज्वरो आउने, टाउको दुख्ने, घाटीमा कडा पन, बेहोस हुने, कोमा, चक्कर लाग्ने, स्पास्टिक पक्षाघात र अन्ततः मृत्यु हुने गम्भीर रोगको अवस्थामा हुन्छ ।
रोगका लक्षणहरू भाकाहरू मध्ये केस मृत्यु दर ३० प्रतिशत सम्म हुन सक्छ । बाच्ने हरू मध्ये, २० देखि ३० प्रतिशत स्थायी संज्ञानात्मक, व्यवहार वा न्यूरोलोजिकल परिणामहरू जस्तै सिजर्स, श्रवण वा दृष्टि हानि, बोली, भाषा, स्मरणशक्ति र संचार समस्या हरू वा अंगहरूको कमजोरी बाट ग्रस्त हुने डब्लुएचओले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस