‘एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि छानबिन गर्न संसदीय समितिको निर्देशन’


काठमाडौं –संसदीय समितिले एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तुरुन्त सच्याउन निर्देशन दिएको छ ।

सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधवारको बैठकले प्रवेश परीक्षाको नतिजामा गम्भीर त्रुटि भएको निष्कर्ष निकाल्दै त्यसलाई सच्याउन सरकारलाई निर्देशन दिएको हो ।

परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भीर त्रुटि चिकित्सा शिक्षा आयोग बाट भएपछि त्यसलाई तत्काल सच्याउनका लागि शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले बताए । समितिले छानबिन समिति गठन गरी १० दिन भित्र सो प्रतिवेदन समितिमा पेश गर्न पनि भनेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!