अनुसन्धान

‘मृगौलाको औषधि हर्ट एटैकका बिरामीका लागि वरदान’


मृगौला रोगको उपचारमा प्रयोग हुने औषधि ‘एम्पाग्लिफ्लोजिन’ ले हृदय घात (मायोकार्डियल इन्फ्राक्सन) पछि हर्ट फेल्योर को जोखिमलाई कम गर्न सक्ने एक अनुसन्धानले खुलासा गरेको छ ।

माउन्ट सिनाई फोस्टर हर्ट अस्पतालले गरेको यो अनुसन्धानको नेतृत्व डा.दीपक एल. भट्टले गरेका हुन । यो अनुसन्धानको नतिजा लन्डनमा रहेको युरोपियन सोसाइटी अफ कार्डियोलोजी काङ्ग्रेसमा प्रस्तुत गरिएको थियो ।

मुटु र मृगौलामा दोहोरो सुरक्षा

एम्पाग्लिफ्लोजिन यस्तो औषधि हो जसले सोडियम ग्लुकोज को–ट्रान्सपोर्टर २ (एसजिएलटी२) प्रोटिनलाई अवरुद्ध गर्छ । यो प्रोटिनले शरीरमा ग्लुकोज लाई पुनः अव शोषित गर्न मद्दत गर्दछ र यसलाई रोक्दा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सकिन्छ ।

अनुसन्धान कर्ताहरूका अनुसार यो औषधि हर्ट एटैक पछि मृगौला कमजोर भएका बिरामीहरूका लागि पनि सुरक्षित छ र उनीहरूको मुटुको कार्य क्षमतालाई कायम राख्न मद्दत गर्न सक्छ ।

हर्ट एटैक पछि औषधि प्रयोग गर्न चिकित्सकको हिचकिचाहट 

हृदय घात भएपछि बिरामीको मृगौला काममा चाप बढ्छ, किनभने उनीहरूलाई विभिन्न किसिमका औषधि र तरल पदार्थ दिइन्छ । यसले मिर्गौला लाई नोक्सान हुने खतरा हुन्छ । यसैले डाक्टरहरू हर्ट एटैक पछि तुरुन्तै इम्पाग्लिफ्लोजिन प्रयोग गर्न सङ्कोच गर्छन् । यद्यपि, यस अनुसन्धानले यो धारणालाई चुनौती दिएको छ र सुझाव दिएको छ कि हर्ट एटैक पछि पनि एम्पाग्लिफ्लोजिन सुरक्षित विकल्प हुन सक्छ ।

यस अनुसन्धानमा हर्ट एटैक भएका ६,५२२ बिरामीलाई समावेश गरिएको थियो । यी बिरामीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो, एउटा समूहलाई इम्पाग्लिफ्लोजिन र अर्को समूहलाई प्लेसीबो (नाम मात्र को औषधि) दिइयो । नतिजाको रूपमा, एम्पाग्लिफ्लोजिन लिने बिरामी हरूलाई अस्पतालमा भर्ना हुने आवश्यकता कम पर्यो र उनीहरूको हृदय गति रुक्ने घटनामा समेत कमी देखियो । यसले यो पनि पत्ता लगायो कि औषधि सेवन गरेको ३० दिन भित्र, हानिकारक घटनाहरूको दर दुवै समूहहरूमा लगभग समान थियो, चाहे तिनिहरूको आधारभूत मृगौला कार्य, सिस्टोलिक रक्तचाप, वा अन्य चिकित्सा उपचारहरू जे सुकै होस ।

मुटु रोग विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण हो र हृदय घातले यसमा महत्वपूर्ण भूमिका खेल्छ । यो अनुसन्धानले हृदय घात भएपछि तुरुन्तै इम्पाग्लिफ्लोजिनको प्रयोग सुरक्षित मात्र नभएर बिरामीको दीर्घकालीन हेरचाहका लागि समेत फाइदा जनक हुन सक्ने कुरा स्पष्ट पारेको छ ।

यो अनुसन्धानले मुटु रोगबाट पीडित विश्वव्यापी जनसंख्याको लागि एक महत्वपूर्ण पाइला हो र यो संग सम्बन्धित बिरामीहरूको जीवनस्तर सुधार्ने दिशामा नयाँ आशा दिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!