‘७८ जनामा हैजा सङ्क्रमण तर अझै सम्म मृत्यु भएको छैन, डेंगुको ६८३१ सङ्क्रमण ४ को मृत्यु’


काठमाडौं– हाल सम्म देश भरीमा हैजाको ७८ जनामा सङ्क्रमण देखिए पनि मृत्यु भएको छैन । मुलुक भरीमा सबै भन्दा बढी ललितपुर जिल्लामा ५१ जनामा हैजा देखिएको हो । यस पछि काठमाडौंमा १२, कैलालीमा ८, रोल्पामा ४ र प्यूठानमा १ जना हैजाले सङ्क्रमित भएका हुन ।

यो वर्ष तीव्र झाडा पखाला वा हैजा सँग सम्बन्धित कुनै पनि मृत्यु रिपोर्ट नगरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का निर्देशक डा.यदुचन्द्र घिमिरेले नेपालहेल्थप्रेसलाई बताए । ‘बाँकेमा हैजाले मृत्यु भएको दाबी गरिएता पनि सङ्कलित नमुनामा हैजा देखिएन’, डा.घिमिरेले भने ।

यस्तै पचहत्तरी जिल्लामा फैलिएको डेंगु वाट हाल सम्म ६,८३१ जनामा सङ्क्रमण हुनुको साथै ४ को मृत्यु भएको इडिसिडीले जनाएको छ ।

यो वर्ष डेंगुको सबै भन्दा बढी सङ्क्रमण ३,२२९ जनामा गरी गण्डकी प्रदेशमा देखिएको छ । यस्तै दोस्रो नम्बरमा १,७२३ जना गरी बागमती प्रदेश र तेस्रो नम्बरमा ८,१५ सङ्क्रमण कोशी प्रदेशमा देखिएकोछ ।

यस्तै लुम्बिनीमा ४७४, सुदूर पश्चिममा ३७९, मधेशमा १०६ र कर्णालीमा यो वर्ष हाल सम्म १०५ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।

देश भरमै यो वर्ष हाल सम्म सबै भन्दा बढी १,१४९ डेंगु सङ्क्रमण तनहुँ जिल्लामा देखिएको हो भने यस पछि ७६४ सङ्क्रमण कास्कीमा र ६५७ सङ्क्रमण देखिएर पर्वत जिल्ला तेस्रो स्थानमा रहेको छ ।

काठमाडौं जिल्लामा ५५२, चितवन ५३३, गोर्खा २६२, झापा १६८, मकवानपुर १२५, ललितपुर ११९ र स्याङ्जा जिल्लामा यो वर्ष हाल सम्म ११५ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!