अनुसन्धान
‘कम मात्रामा तीन औषधिको संयोजनबाट बनाइएको उच्च रक्तचापको एउटा औषधि बढी प्रभावकारी’

एक दिनमा एक पटक लिइने तीन वटा उच्च रक्तचाप को औषधिको कम डोजको चक्कीले रक्तचाप घटाउन अन्य मानक हेरचाह विधिहरू भन्दा बढी सहयोगी हुने नयाँ अध्ययनले देखाएको छ । यो अध्ययन जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित भएको छ । यस अन्तर्गत एउटै चक्कीमा तीन वटा रक्तचाप रोधी (एन्टी–हाइपरटेन्सन) औषधिको कम मात्रा (डोज) को संयोजनमा आधारित ‘जीएमआरएक्स२’ लाई रक्तचाप कम गर्नमा उच्च गुण स्तरीय मानक हेरचाह उपचार भन्दा राम्रो पाइएको छ ।
अनुसन्धानको क्रममा ‘जीएमआरएक्स२’ को औषधि संयोजन मा टेल्मिसर्टन, एम्लोडिपाइन र इन्डेपामाइड को एक चौथाई, आधा वा स्तर युक्त (स्टान्डर्ड) मात्रा को दैनिक चक्की समावेश थियो ।
यो अनुसन्धान जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थको नेतृत्वमा गरिएको थियो र युरोपियन सोसाइटी अफ कार्डियोलोजी काँग्रेस २०२४ मा प्रस्तुत गरिएको थियो ।
नाइजेरियाको अबुजामा विश्व विद्यालयमा मुटु अनुसन्धान विभागको एकाइ का प्रमुख प्राध्यापक डाइक ओज्नीले भने कि मात्र एक महिना पछि जीएमआरएक्स२ समूह मा ८१ प्रतिशत सहभागीहरूको रक्तचापमा सुधार पाइएको थियो । तीन औषधिको कम मात्रा भएको एक एक डोज अझै पनि रक्तचाप नियन्त्रणमा मानक हेरचाह भन्दा बढी प्रभावकारी साबित भयो ।
खानपानको अनियमित बानी र तनावका कारण ठूलो सङ्ख्यामा मानिसहरू रक्तचापको समस्याबाट ग्रसित छन् । यो समस्या क्रमशः बढ्दै गएको छ ।
यो अनुमान गरिएको छ कि विश्वव्यापी एक अरब भन्दा बढी वयस्कहरू उच्च रक्त चापबाट पीडित छन्, जस मध्ये दुई तिहाइ निम्न र मध्यम आय भएका देशहरूमा बस्छन् ।
उच्च रक्त चापले वर्षेनी १ करोड ८ लाख व्यक्तिको मृत्यु हुन्छ । आशा गरिएको छ की यो नयाँ उपचार ले वर्षेनी मुटु रोगबाट हुने मृत्यु दर कम गर्नमा ठूलो प्रभाव पार्न सक्छ । विशेष गरी मुटु रोगको उच्च बोझ भएको मुलुकमा ।
प्रतिक्रिया दिनुहोस