अनुसन्धान

‘मानव मस्तिष्कमा माइक्रो प्लास्टिकः अन्य अङ्गको दाँजोमा मस्तिष्कको तन्तुमा २० गुणा बढी प्लास्टिक’


वैज्ञानिकहरूलाई मानव मस्तिष्कमा समेत माइक्रो प्लास्टिकको प्रमाण फेला परेको छ ।  यस अघि वैज्ञानिकहरूले मानिसको रगत, नसा, फोक्सो, गर्भनाल, कलेजो, मिर्गौला, बोन म्यारो, प्रजनन अङ्ग, घुँडा र कुहिनाको जोर्नी लगायतका अन्य अङ्गमा समेत यसको उपस्थिति रहेको प्रमाण फेला पारि सकेका छन् ।

अहिले मस्तिष्क सँगै मानिसको दूध, वीर्य र पिसाबमा समेत माइक्रो प्लास्टिकको पुष्टि भएको छ । युनिभर्सिटी अफ न्यु मेक्सिको, ओक्लोहामा स्टेट युनिभर्सिटी, न्यु मेक्सिको अफिस अफ द मेडिकल इनभेस्टिगेटर सँग आवद्घ अनुसन्धान कर्ता वाट गरिएको अध्ययन अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थको तर्फ वाट साझा गरिएको हो । अनुसन्धान कर्ताहरूको अनुसार अन्य अङ्गको दाँजोमा मस्तिष्कको तन्तुमा २० गुणा बढी प्लास्टिक पाइयो ।

यो भन्दा पनि चिन्ताको कुरा के छ भने डिमेन्सिया वाट पीडित व्यक्तिको मस्तिष्कमा स्वस्थ व्यक्तिको दाँजोमा बढी माइक्रो प्लास्टिक पाइयो ।

अनुसन्धान कर्ताहरुले सन २०१६ र २०२४ को बिच उपलब्ध नमुनाको जाँच गरे । सन २०१६ मा सङ्कलन गरिएका नमुनाहरू मध्ये, १७ पुरुषहरूको थिए भने १० महिलाहरूका थिए । त्यही सन २०२४ मा, १३ नमुनाहरू पुरुष र ११ महिलाहरूका थिए । सन् २०१६ को तुलनामा सन् २०२४ मा सङ्कलन गरिएका मस्तिष्कका नमुनाहरूमा बढी प्लास्टिक भेटिएको थियो ।

सन् २०१६ मा लिइएको नमुनाको दाँजोमा सन् २०२४ मा मस्तिष्कमा माइक्रो प्लास्टिकको मात्रा करिब ५० प्रतिशत बढी थियो। अर्थात् मस्तिष्कमा माइक्रो प्लास्टिकको मात्रा समय सँगै बढ्दै गएको छ ।

मस्तिष्कका ९१ नमुनाहरूमा अन्य अङ्गहरूको दाँजोमा औसत रूपमा १० देखि २० गुणा बढी माइक्रो प्लास्टिक थियो । त्यसैगरी सन २०२४ को सुरुमा मस्तिष्कको २४ वटा नमुनामा उनीहरूको तौलका हिसाबले औसत रूपमा ०.५ प्रतिशत प्लास्टिक थियो ।

वातावरण र स्वास्थ्यका लागि ठूलो चुनौती

माइक्रो प्लास्टिकले मानव शरीरमा कोशिकाहरूको कार्य प्रणाली लाई असर गरिरहेको छ । प्लास्टिकका यी कणहरू मानव स्वास्थ्य र वातावरणका लागि गम्भीर खतरा बनेका छ । संसारमा सायदै कुनै ठाउँ बाँकी छ जहाँ माइक्रो प्लास्टिक कणहरू नहोस । निर्जन अन्टार्कटिका पनि माइक्रो प्लास्टिक कणको उपस्थितिबाट अछुतो छैन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!