एमबिबिएस प्रवेश परीक्षामा ७८४७ जनाको नतिजा सार्वजनिक, अधिकतम स्कोर १७८ र न्यूनतम ४९.५


काठमाडौं– चिकित्सा शिक्षा स्नातक तह अर्थात् एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । उक्त परीक्षा गत भदौ १ गते सञ्चालित भएको थियो ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/८२ मा चिकित्सा शिक्षा स्नातक तह मा भर्नाको लागि शुक्रबार ७८४७ जनाको नतिजा सार्वजनिक गरेको हो । यस अन्तर्गत अधिकतम स्कोर १७८ र न्यूनतम स्कोर ४९.५ छ।

चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति २०८१/०५/१४ गतेको संयुक्त बैठकको निर्णय वाट योग्यताक्रम अनुसार नतिजा प्रकाशन गरिएको आयोगले जनाएकोछ।

आयोगको अनुसार परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तर पुस्तिकाहरू रद्द गरिएको छ ।

आयोगको अनुसार झूटो विवरण पेश गरेर परीक्षामा सम्मिलित भएको पाइएमा त्यस्ता विद्यार्थीको नतिजा जुनसुकै समय रद्द गरिने छ। चिकित्सा शिक्षा आयोगको अनुसार समूहगत योग्यताक्रम, पुनर्योग, प्राथमिकता क्रम निर्धारण तथा म्याचिङ सम्बन्धी सूचना आयोगको वेबसाइटमा पछि प्रकाशन गरिने छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!