खानामा कुन नुन प्रयोग गर्नु सबै भन्दा राम्रो? जान्नुस् भारतीय पोषणविद् अंजलि मुखर्जी बाट


बाध्यात्मक परिस्थिति बाहेक नुन विनाको खानाको हामी कल्पना समेत गर्न सक्दैनौ । खानाको स्वाद बढाउन नुन सबै भन्दा महत्वपूर्ण चीज हो । तर सबै प्रकारको नुन एकै नाशको हुँदैन । पोषण विज्ञहरू जान्छन् कुन नुन खानु सही हो ।

भारतीय पोषण विद् (न्युट्रिशनिष्ट) अंजलि मुखर्जीले हालै आफ्नो इन्स्टाग्राम मा यो विषयमा महत्वपूर्ण जानकारी साझा गरेकी छिन, जसलाई जान्नु आम व्यक्तिको लागि फाइदा कारी हुन सक्छ ।

  • सेल्टिक नुन (Celtic Salt) सेल्टिक नुनमा साधारण नुन भन्दा कम सोडियम हुन्छ । तर यो नुन मा गुलाबी नुन र कोषेर नुन भन्दा धेरै सोडियम हुन्छ । यो नुन कम–सोडियम विकल्प चाहने तर स्वादमा सम्झौता गर्न नचाहनेहरूको लागि राम्रो विकल्प हुन सक्छ ।
  • कालो नुन(Black Salt) कालो नुनमा साधारण नुन को दाँजोमा सोडियम कम हुन्छ । यसले पेट फुल्ने, अपच, पेट दुख्ने, बान्ता हुने जस्ता समस्यामा मद्दत गर्छ । यस बाहेक यसमा पोटासियम, म्याग्नेसियम, क्याल्सियम र जिंक जस्ता महत्वपूर्ण खनिजहरू पाइन्छ जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
  • कोषेर साल्ट (Kosher Salt) कोषेर नुनका दानाहरू ठूला र मोटो हुन्छन् । यो नुन कम परिष्कृत (सफा गरिएको) हुन्छ र यसको स्वाद साधारण नुन जत्तिकै तीखो हुँदैन । यद्यपि, यसमा आयोडिनको कमी हुन्छ, जुन थाइरोइडको लागि आवश्यक हुन्छ र साधारण (टेबल) नुन भन्दा कम सोडियम हुन्छ ।
  • लो सोडियम साल्ट (Low Sodium Salt) यो नुनमा सोडियम कम र पोटासियम बढी हुन्छ । यो उच्च रक्तचाप र नुन–संवेदनशील व्यक्तिहरूको लागि राम्रो विकल्प हुन सक्छ । यो नुन चिकित्सकको सल्लाह पछि मात्र खानुपर्छ ।
  • गुलाबी नुन (Pink Salt) गुलाबी नुन खनिज ले परिपूर्ण हुन्छ, जसले मांसपेशी दुखाइ कम गर्न मद्दत गर्दछ । यसको दैनिक सेवनले शरीरमा रक्तसञ्चार र पीएच स्तर सन्तुलित राख्छ । यो नुन आजकल विशेष गरी स्वास्थ्य सचेत मानिसहरू माझ धेरै लोकप्रिय हुँदैछ।
  • साधारण सेतो नुन (Regular Salt) यो उही सेतो नुन हो जुन हामी हरेक दिन खाना पकाउँदा प्रयोग गर्छौं । यसमा आयोडिन हुन्छ, जुन थाइरोइडका लागि आवश्यक हुन्छ । तर, विज्ञहरूका अनुसार यसको सीमित मात्रामा सेवन गर्नुपर्छ । वयस्कहरू ले एक दिनमा ५ ग्राम भन्दा बढी नुन लिनु हुँदैन ।
  • समुद्री नुन (Sea Salt) समुद्री नुन खनिज तत्त्वले परिपूर्ण हुन्छ, तर यसको दाना ठूलो हुन्छ र यो सजिलै घुल्दैन । यो नुन धेरै बढी रिफाइन्ड (प्रसोधित) हुँदैन यसैले यसलाई बढी प्राकृतिक मानिन्छ ।

पोषण विशेषज्ञ अञ्जली मुखर्जी को सल्लाह

इन्स्टाग्राममा आफ्नो एक पोष्टमा अञ्जली मुखर्जीले भनिन, ‘अहिले बजारमा धेरै प्रकारका नुन उपलब्ध छन् । मलाई व्यक्तिगत रूपमा मनपर्ने गुलाबी नुन हो, जुन म आफ्नो दैनिक खाना पकाउन प्रयोग गर्छु । तर तपाइले आफ्नो आफ्नो परिवारको स्वास्थ्य अनुसार नुन रोज्न सक्नु हुन्छ । यदि कसैलाई मुटु रोग वा उच्च रक्तचाप छ भने कम सोडियम भएको नुन उपयोग गर्न सक्नु हुन्छ ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!