जहाँ दिनहुँ ६२ शिशुको जन्म हुन्छ


काठमाडौं — प्रसूति तथा स्त्री रोग सम्बन्धी विशिष्टी कृत सेवा दिने मुलुकको एक मात्र केन्द्रीय स्तरको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दिनहुँ सरदर ६२ शिशुले जन्म लिने गरेका छन । यो मुलुकमा दिनहुँ सबै भन्दा बढी शिशु जन्म हुने अस्पताल समेत हो ।

अस्पतालको ६५ औं वार्षिकोत्सव समारोहमा सोमवार निर्देशक डा.श्री प्रसाद अधिकारीले आर्थिक वर्ष २०८०/८१ मा प्रसूति तर्फ भर्ना भएका २५ हजार १ सय १६ मध्ये २२ हजार ३ सय ७९ जनाको प्रसूति डेलीभरि भएको र यसबाट २२ हजार ६ सय १३ शिशु जन्म भएको बताए ।

यहाँ सबै शिशु सामान्य प्रसव भएर मात्र जन्म लिने गरेका छैनन् । गत आर्थिक वर्षमा भएको कुल डेलीभरि मध्ये ४३.१२ प्रतिशत अर्थात् ९ हजार ६ सय ५२ जनाको शल्यक्रिया मार्फत बच्चा जन्माइएको थियो । जुन गत वर्षको दाँजोमा ४ प्रतिशतले बढी हो । यस्तै अस्पतालमा आर्थिक वर्ष २०८०/८१ मा बहिरङ्ग सेवा वाट १ लाख ९४ हजार ४ सय ९० जना महिलाले सेवा लिएका छन ।

अस्पतालमा गत आर्थिक वर्षमा जम्मा ३० हजार ९ सय ५२ जना महिला भर्ना भएकोमा प्रसूति तर्फ २५ हजार १ सय १६ तथा स्त्री रोग तर्फ ५ हजार ८ सय ३६ जनाले अस्पतालबाट सेवा लिएका हुन । त्यस्तै नवजात शिशु सघन उपचार तर्फ २ हजार ७ सय ८७ र मातृ सघन उपचार तर्फ ४ सय ५४ जना भर्ना भएका थिए ।

नियोनेटल स्क्रिनिङ्ग 

मुलुक मै पहिलो पटक अस्पताल वाट गत साउन २९ गते देखि नियोनेटल स्क्रिनिङ्ग टेष्ट शुरु गरिएको छ । यसले नवजात शिशुको वंशानुगत रोगको समय मै पहिचान तथा रोग निदान गर्न सहज हुने देखिन्छ ।

आइभीएफ सेवा सुचारु 

२०७२ सालको भूकम्प पछि स्थगित रहेको आइभिएफ सेवालाई आर्थिक वर्ष २०७८/७९ देखि स्तरोन्नति गरेर पुनः नियमित रुपमा सञ्चालनमा ल्याइएको छ । यस अन्तर्गत हाल सम्म ५८ जनालाई सेवा दिइएको छ । यहाँको आइभीएफ सेवा २०६८ सालमा शुरु भएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!