‘डा.अनिल विक्रम कार्की सिएमएएओ को अध्यक्षमा निर्वाचित’
विश्वका १२ मेडिकल एसोसिएसनको परिसङ्घकाे अध्यक्षमा नेपाल मेडिकल एसोसिएसन का अध्यक्ष डा.कार्की निर्वाचित

काठमाडौं– कन्फेडरेसन अफ मेडिकल एसोसिएसन इन एसिया एण्ड ओसियानिया (सिएमएएओ) को सन २०२५–२०२६ को अध्यक्ष पदको डा.अनिल विक्रम कार्की निर्वाचित भएका छन् ।
यो संगै सिएमएएओ अर्थात एसिया र ओशियानियाका मेडिकल एसोसिएसनको परिसङ्घको ३९ औं साधारण सभा सन २०२५ मा पहिलो पटक नेपाल मा हुने भएको छ ।
फिलिपिन्समा २४ अगस्ट देखी शुरु भएको तिन दिने कन्फेडरेसनको ३८ औं साधारण सभा र ५९ औं परिषद् बैठकले नेपाल मेडिकल एसोसिएसन का अध्यक्ष डा.कार्की लाई सर्व सम्मत द्वारा अध्यक्षमा निर्वाचित गरेको हो ।
डा.कार्की सन २०२५ देखि सन २०२६ सम्म एक वर्षको लागि १२ वटा मेडिकल एसोसिएसन आवद्घ भएको परिसङ्घको अध्यक्षको कार्यभार सम्हाल्ने छन् ।
फिलिपिन्समा भएको ३८ औं साधारण सभामा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.कार्की र महासचिव डा. संजीव तिवारीले कार्य पत्र समेत प्रस्तुत गरेका थिए ।
परिसङ्घमा अस्ट्रेलिया, हङ्गकङ्ग, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, ताइवान, थाइल्याण्ड र नेपालको मेडिकल एसोसिएसन आवद्घ छन ।
प्रतिक्रिया दिनुहोस