अनुसन्धान

‘वृद्ध वृद्धालाई नाति नातिना सँग खेल्नु फाइदा जनक, मानसिक स्वास्थ्य बलियो हुन्छ’


हालै गरिएको एक अध्ययनले नाति नातिनाहरू सँग समय बिताउने र उनीहरू सँग खेल्दा वृद्धहरूको मानसिक स्वास्थ्यमा उल्लेखनीय सुधार हुने देखाएको छ ।

क्यानबेरा विश्वविद्यालय (यूसी) र साउथ अष्ट्रेलिया युनिभर्सिटी (युनिसा) का अनुसन्धानकर्ता द्वारा गरिएको यो अध्ययन विशेष गरी अन्तर पुस्ता खेलका फाइदाहरूमा केन्द्रित थियो ।

उमेर सँगै जोखिममा बृद्घि अनुसन्धानका अनुसार बढ्दो उमेर सँगै बूढाबूढीमा डिमेन्सिया र अल्जाइमर जस्ता न्युरोलोजिकल रोगको जोखिम बढ्दै जान्छ । यी रोगहरूले मानसिक स्वास्थ्यमा ह्रास ल्याउने र सञ्ज्ञानात्मक क्षमतामा कमी ल्याउन सक्छ ।

सन् २०५० सम्ममा विश्वभर ६० वर्ष भन्दा माथिका वयस्कहरूको सङ्ख्या दोब्बर हुने र ८० वर्षभन्दा माथिका वयस्कहरूको सङ्ख्या तीन गुणा हुने अनुमान गरिएको छ । यस सन्दर्भमा, वृद्धहरूको मानसिक स्वास्थ्य कायम राख्नु अत्यन्त महत्वपूर्ण हुन्छ ।

अन्तर पुस्ता खेलको महत्व

अनुसन्धानकर्ताहरुले बालबालिका र वयस्कहरूका लागि विशेष रूपमा निर्मित खेल मैदानहरूमा खेलका फाइदाहरू अध्ययन गरे। जब साना केटाकेटीहरू र वृद्धहरू सँगै खेलकुदमा भाग लिन्छन्, उनीहरूले रचनात्मकता र मनोरञ्जनको मात्र आनन्द लिदैनन्, तर उनीहरू बीच बलियो सामाजिक सम्बन्ध पनि बनाउँछन् । यसले वृद्धहरूमा एक्लो पन र सामाजिक अलगावको भावनालाई कम गर्छ, जुन डिप्रेसन र चिन्ताको प्रमुख कारण हुन सक्छ ।

सामाजिक विभेद कम गर्न पहल 

साउथ अष्ट्रेलिया युनिभर्सिटी का एसोसिएट प्रोफेसर फैके पेङ को अनुसार युवा र बूढाबूढी बीचको सामाजिक विभाजन छ, जसले अर्थपूर्ण कुराकानी गर्न गाह्रो बनाउँछ ।

यस सामाजिक विभाजनलाई कम गर्न र वृद्धहरूको मानसिक स्वास्थ्य सुधार गर्न अन्तर पुस्ता खेल मैदानहरू महत्वपूर्ण पहल हुन सक्छ । यस्ता ठाउँमा ज्येष्ठ नागरिक र बालबालिका बीचको सञ्चार र अन्तरक्रियालाई प्रवर्द्धन गर्न सकिन्छ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ ।

वृद्धहरूको लागि साझा ठाउँको सिर्जना 

अनुसन्धान कर्ताहरूद्वारा आयोजित कार्यशालाहरूमा, ६५ वर्ष र यो भन्दा माथिका वृद्धहरूले बच्चाहरूसँग समय बिताउनु का फाइदाबारे छलफल गरे र उनीहरूको समुदायमा साझा स्थानको परिकल्पना गरे । यी साझा ठाउँहरूमा वृद्धहरूका लागि छनौट गर्ने खेलहरू र गतिविधिहरू साथै बालबालिकाका लागि विशेष क्षेत्रहरू उपलब्ध गराउन सकिन्छ ।

मानसिक स्वास्थ्य सुधार को दिशामा महत्वपूर्ण कदम 

अन्तर पुस्ताका खेल मैदानहरूले सामाजिक भेदभाव कम गर्न मात्रै नभई वृद्ध वृद्धाहरूको मानसिक स्वास्थ्य सुधार गर्न पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । यस बाहेक, त्यस्ता ठाउँहरू वृद्धहरूको विशेष आवश्यकताहरूलाई ध्यानमा राखेर डिजाइन गर्न सकिन्छ, जसले गर्दा तिनिहरूको जीवन स्तरमा सुधार हुन्छ।

समाजका वृद्ध वृद्धाहरूलाई स्वस्थ र सुखी जीवन बिताउनका लागि मानसिक स्वास्थ्य सेवा र सहयोगी वातावरण सिर्जना गर्नु अत्यन्त आवश्यक रहेको समेत अध्ययनले जोड दिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!