‘घरेलु उपायले औषधि बिना नै कम हुन्छ, खराब कोलेस्ट्रोलको स्तर’


कोलेस्ट्रोल दुई प्रकारका हुन्छन् । पहिलो राम्रो कोलेस्ट्रोल हो । यो शरीर को लागी आवश्यक छ । यसमा धेरै प्रोटिन र कम बोसो हुन्छ । यसले शरीरको अतिरिक्त कोलेस्ट्रोल लाई हटाउँछ ।

दोस्रो खराब कोलेस्ट्रोल हो, जुन शरीरको लागि हानिकारक छ । यसले शरीरको रगत प्रवाहलाई असर गर्छ । यी पाँच आयुर्वेदिक विधिहरूले खराब कोलेस्ट्रोल कम गर्न सकिन्छ ।

शरीरमा कोलेस्ट्रोलको मात्रा बढी हुँदा सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने र थकाए अनुभव हुने जस्ता समस्या हुन सक्छ । अत्यधिक कोलेस्ट्रोलले मुटुलाई पनि असर गर्छ, जसले हृदय रोग सँग सम्बन्धित समस्या निम्त्याउन सक्छ ।

कोलेस्ट्रोल हर्मोन र कोशिकाको झिल्लीको निर्माण, उच्च चयापचय (मेटाबोलिजम) र शरीरमा केही एसिडको उत्पादनको लागि कोलेस्ट्रोल धेरै आवश्यक छ, तर यो बढी हुँदा समस्या निम्त्याउन सक्छ ।

आयुर्वेदका केही उपायहरू ले बिना औषधि पनि कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ । व्यक्ति विशेषले आफ्नो शारीरिक अवस्था रोग आदि बारे चिकित्सकीय सल्लाह लिएर कोलेस्ट्रोल नियन्त्रणको लागि आयुर्वेदिक, घरेलु उपचार मा जाने सकिने वा न सकिने बारे समेत सल्लाह लिनु फाइदा कारी हुन्छ ।

उच्च कोलेस्ट्रोल कसरी नियन्त्रण गर्ने? 

कोलेस्ट्रोल घटाउने केही घरेलु तथा आयुर्वेदिक उपायहरू छन्, जसलाई अपनाएर सजिलै कोलेस्ट्रोल नियन्त्रणमा राख्न सकिन्छ ।

दालचिनी 

उच्च कोलेस्ट्रोल कम गर्न दालचिनी प्रयोग गर्न सकिन्छ । दालचिनीलाई पिसेर हरेक बिहान एक चिम्टी खादा केही दिनमै फाइदा हुन्छ । तर, यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने दालचिनी गरम मसला मध्ये एक हो, त्यसैले यसको अत्यधिक प्रयोगले हानी पुर्याउन सक्छ ।

आलस (तिसी) 

कोलेस्ट्रोल घटाउनका लागि आलस प्रभावकारी मानिन्छ । यी दानाको धूलो बनाएर दैनिक एक चम्चा धूलो मनतातो पानीमा खान सकिन्छ । यसले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा घटाउँछ र राम्रो कोलेस्ट्रोल बढाउँछ । राम्रो कुरा यो हो कि यसको कुनै साइड इफेक्ट हुँदैन, त्यसैले यसलाई लामो समय सम्म प्रयोग गर्न सकिन्छ ।

मेथीको दाना 

मेथीको दाना धेरै औषधीय गुणका लागि परिचित छ । यो धेरै रोगहरूमा प्रयोग गरिन्छ । मेथीको दानामा भिटामिन ई प्रचुर मात्रामा पाइन्छ र यसमा एन्टि–डायबिटिज, एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लेमेटरी गुण हुन्छ । यस्तो अवस्थामा कोलेस्ट्रोल घटाउन मेथीको पानी पिउन सकिन्छ । मेथीको दानाले तौल घटाउन पनि मद्दत गर्छ ।

लसुन 

लसुनको दैनिक प्रयोग कोलेस्ट्रोलको मात्रा घटाउन प्रभावकारी मानिन्छ । कोलेस्ट्रोल छिट्टै घटाउन लसुन दिनहुँ बिहान र बेलुका सेवन गर्न सकिन्छ ।

पिस्ता 

पिस्तामा मोनो अनस्याचुरेटेड फ्याट हुन्छ । यसले खराब कोलेस्ट्रोलको स्तर घटाउँछ । पिस्ताको सेवनले शरीरमा रगतमा चिनीको मात्रा पनि नियन्त्रणमा राख्छ । (आयुर्वेद विशेषज्ञ द्वारा चिकित्सा समीक्षा गरिएको स्वास्थ्य सामाग्री)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!