‘अस्पतालको स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुनको आविष्कार केन्द्रलाई’


काठमाडौं–स्वास्थ्य मन्त्रालयले अब सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।  स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधवार स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्र बीच सम्झौता पत्रमा यसबारे हस्ताक्षर भएको छ । 

देशको सीप प्रयोग गरेर स्वदेश मै केही गर्न खोजिरहेका वैज्ञानिकहरूको योगदानलाई यो राज्यका तर्फबाट कदर हो’, मन्त्री पौडेलले भने, ‘स्वदेशी सीपमा कम खर्चमा उपकरणको मर्मत हुने आशा लिएकोछु ।’ 

अस्पतालमा खेर गइरहेका उपकरण मर्मत गर्नका लागि सघाउन स्वास्थ्य मन्त्री पौडेलले केही दिन अघि पुन सँग आग्रह गरेका थिए । त्यस लगत्तै स्वास्थ्य मन्त्रालयले उनी नेतृत्वको केन्द्र सँग औपचारिक सम्झौता गरेको हो । 

स्वास्थ्य मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौता पत्रमा मा हस्ताक्षर गरेका हुन ।

आविष्कार केन्द्रले हाल स्वास्थ्य मन्त्रालय अन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यस पछि मर्मत सम्भव भएका सबै उपकरण हरू लाई आविष्कार केन्द्रका प्राविधिकहरू ले मर्मत गर्नेछन् । 

स्वास्थ्य मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरण लाई केन्द्रको सहयोगमा मर्मत पछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरेका छन् । उनले केन्द्रको सहयोगमा राज्यको खेर गइरहेको सम्पत्ति उपयोग बाट बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्च समेत कम हुने आशा गरे ।

आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राज्यले आफूहरूलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी प्रकट गरे । उनले भने, राज्यले हामीलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको छ, उनले भने, अब हामी हाम्रै श्रोत साधन र प्राविधिकको उपयोग गरेर मर्मत गर्नेछौँ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!