अनुसन्धान

‘मुटु सम्बन्धी समस्या र अल्जाइमर बीच आनुवंशिक सम्बन्ध पत्ता लाग्यो’


इन्टरनेसनल जर्नल अफ मोलिक्युलर साइन्सेज मा प्रकाशित अध्ययन अनुसार मुटुको समस्या र अल्जाइमर रोग बीच आनुवंशिक सम्बन्ध छ ।

अष्ट्रेलियाको एडिथ कोवान युनिभर्सिटीका अनुसन्धान कर्ताहरूले मुटुको समस्या र अल्जाइमर रोग दुवैको उत्पत्ति हुनुको पछाडिको कारण समान हुन सक्ने बताएका छन् ।

अनुसन्धान कर्ताहरूले मुटु रोग भएका व्यक्तिहरू लाई पनि स्मरणशक्ति समस्या हुन सक्ने पर्याप्त प्रमाण पाइएको बताएका छ । साथै उनीहरूमा डिमेन्सियाको जोखिम २६ प्रतिशतले बढ्छ ।

डिमेन्सियाका कारण स्मरणशक्ति र सोच्ने शक्ति प्रभावित हुन्छ, जसले पछि दैनिक काम गर्न कठिनाइ हुन्छ । डिमेन्सियाको एक सामान्य रूप अल्जाइमर हो ।

मुटुको धमनी (आर्टरी) को समस्यामा सामान्यतया मुटु तर्फ रगतको प्रवाह कम हुन थाल्छ, किनभने रक्त नलीहरू पातलो हुँदै जान्छ । रगतमा बोसो को असामान्य स्तर र सुन्याइ, मुटुको धमनीको समस्या र अल्जाइमरको जोखिम बढाउन सक्छ ।

टोलीले हृदय रोग सँग सम्बन्धित सात कारकहरू, जस्तै कोरोनरी धमनी रोग र एनजाइना, र कोलेस्ट्रोल सहित १३ लिपिडहरूको अध्ययन गरे । यसको व्यापक विश्लेषणले अल्जाइमर रोग र तीन लिपिड लक्षणहरू, एलडीएल (खराब कोलेस्ट्रोल), ट्राइग्लिसराइड्स र कुल कोलेस्ट्रोल को बीच महत्वपूर्ण र सकारात्मक आनुवंशिक सह सम्बन्ध थाहा पाइएको छ ।

अनुसन्धान कर्ताहरुले भने कि यसले थाहा पाइएको छ कि केही लिपिडहरूले अल्जाइमर रोग सँग बढी प्रत्यक्ष आनुवंशिक सम्बन्ध हुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!