अनुसन्धान

थुप्रै रोग बाट जोगाउँछ, म्याग्नेसियम

म्याग्नेसियम शरीरमा पाइने इन्जाइम र प्रोटिनहरूका लागि यो धेरै महत्वपूर्ण हुन्छ, जसले डीएनए को प्रतिकृति निर्माण गर्न र मर्मत गर्ने काम गर्छ ।


एक नयाँ अध्ययन अनुसार म्याग्नेसियम युक्त खाना स्वास्थ्यको लागि आवश्यक छ, किनभने यसले डिएनएमा हुने क्षतिलाई कम गर्न मद्दत गर्दछ ।

युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया सँग सम्बन्धित अनुसन्धान कर्ताहरूले गरेको अध्ययन युरोपियन जर्नल अफ न्युट्रिसनमा प्रकाशित भएको छ ।

अनुसन्धान कर्ताहरूका अनुसार म्याग्नेसियम हाम्रो शरीरमा पाइने इन्जाइम र प्रोटिनहरूका लागि यो धेरै महत्वपूर्ण हुन्छ, जसले डीएनए को प्रतिकृति निर्माण गर्न र मर्मत गर्ने काम गर्छ ।

यसको साथमा, यो विभिन्न जैव रासायनिक प्रक्रियाहरूमा संलग्न इन्जाइमहरूको लागि पनि उपयोगी छ । शरीरलाई सुचारु रूपले चलाउन प्रोटिन, भिटामिन, कार्बोहाइड्रेट र बोसोको आवश्यकता हुन्छ ।

कतिपय यस्तो पनि सूक्ष्म पोषक तत्त्वहरू हुन्छन्, जो शरीरलाई थोरै मात्रामा चाहिन्छ, तर यदि तिनिहरूमा सामान्य कमी भए शरीरको लागि अत्यन्त हानिकारक साबित हुन सक्छ । म्याग्नेसियम यी मध्ये धेरै महत्वपूर्ण छ ।

म्याग्नेसियम एक खनिज हो जसले शरीरलाई रोगहरूबाट बचाउनको लागि महत्त्वपूर्ण भूमिका खेल्छ । यसको कमीका कारण मानिसमा धेरै प्रकारका रोग लाग्न सक्छन् ।

म्याग्नेसियमको कमीले डिएनएलाई नोक्सान 

मानव शरीरमा ६०० भन्दा बढी इन्जाइमको कामका लागि र करिब २०० इन्जाइमको शरीर सँग जोडिएको महत्वपूर्ण प्रक्रियाहरूलाई सक्रिय गर्नमा म्याग्नेसियम को आवश्यकता हुन्छ । यदि रगतमा म्याग्नेसियमको मात्रा १८ मिलीग्राम/लिटर भन्दा कम भएमा यसले डिएनएलाई बढी क्षति पुर्याउन सक्छ ।

स्वस्थ रहन सन्तुलित आहार आवश्यक 

अनुसन्धानका अनुसार स्वस्थ रहन मानिसहरूलाई म्याग्नेसियम भएको सन्तुलित आहार लिन सल्लाह दिइएको छ । अनाज, हरियो साग सब्जी, नट, सिमी, माछा र डार्क चकलेट जस्ता म्याग्नेसियम युक्त खाने कुराले शरीरलाई ऊर्जा वान् बनाउन, दाँत र हड्डीलाई बलियो बनाउन र ब्लड सुगर र रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

एक कप काटेको केरामा ४१ मिलि ग्राम म्याग्नेसियम हुन्छ, जुन दैनिक आवश्यकताको १० प्रतिशत हो । हरियो गाढा सागपात, नट्स र बीउ, एभोकाडो, केरा, साबुत अनाज, बीन्स, डार्क चकलेट आदिमा म्याग्नेसियम हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!