अनुसन्धान

खानपानमा सुधार गरेर बाँच्न सक्छ, हरेक पाँच मध्ये एक जीवन


खराब गुणस्तरको आहार सबै प्रकारका कुपोषणका साथै विभिन्न रोगहरूको लागि मुख्य रूपमा जिम्मेवार छ । इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटको ग्लोबल फुड पोलिसी रिपोर्टका अनुसार विश्वमा हरेक वर्ष पाँच मध्ये एक जनाको मृत्युको कारण खराब गुणस्तरको आहार हो ।

प्रतिवेदनले न्यून र मध्यम आय भएका देशहरूमा कुपोषण र सूक्ष्म पोषक तत्त्वको कमीलाई सम्बोधन गर्ने दिशामा भएको सुस्तता लाई पनि प्रकाश पारेको छ ।

प्रतिवेदनमा अनुसन्धान कर्ताहरूले सबैलाई स्वस्थ आहार उपलब्ध गराउनका लागि चार बुँदामा ध्यानाकर्षण गरेका छन् । यो हो, उपलब्धता, पहुँच, सामर्थ्य र इच्छा ।

अध्ययन अनुसन्धान कर्ता अविनाश किशोरका अनुसार विश्वका दुई अर्बभन्दा बढी मानिसले जसमा दक्षिण एसियाका धेरै व्यक्ति समावेश छन्, स्वस्थ आहार को खर्च बहन गर्न सक्दैनन् । यस्तो अवस्थामा, पोषण परिणामहरू सुधार गर्न सामर्थ्य र पहुँचमा ध्यान दिनु महत्वपूर्ण हुन्छ ।

खाद्य नीतिमा सुधार आवश्यक प्रतिवेदनका अनुसार सांस्कृतिक प्राथमिकताहरू, कृषि तथा खाद्य नीति एवं चामल, गहुँ र चिनी जस्ता उच्च क्यालोरी खाने कुरालाई बढी रुचाउने खाद्य वातावरण पनि खराब आहारका लागि जिम्मेवार छन् ।

दक्षिण एसियाली सरकारहरूले आफ्नो कृषि र खाद्य नीतिहरूमा सुधार गरेर बढी पोषण भएको खाद्य पदार्थहरूको उत्पादन र उपभोगलाई प्रवर्द्धन गर्नुपर्छ।

खराब आहारको विश्वव्यापी स्वास्थ्यमा प्रभाव

  • सूक्ष्म पोषक तत्त्वको कमीबाट २ अर्ब मानिस प्रभावित
  • ४० प्रतिशत पुरुष र महिलाहरू बढी तौल वा मोटो पनाबाट पीडित छन्
  • १.४८ लाख बालबालिका स्वस्थ आहारको अभावको कारण अविकसित छन्
  • पाच वर्ष मुनिका ४.८ लाख बालबालिकाको तौल कम छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!