‘छिमेकी मुलुक भारतमा महिलालाई महिनावारी बिदा’


नयाँ दिल्ली– छिमेकी मुलुक भारतको विहार र केरला राज्य पछि अब उडीसाका महिला कर्मचारी ले पनि महिनावारीमा एक दिन बिदा पाउने भएका छन् ।

उडिसाका उप मुख्य मन्त्री पी. परीदा ले बिहीवार सरकारी र निजी क्षेत्रका महिला कर्मचारीहरूको लागि महिनामा एक दिनको महिनावारी बिदाको घोषणा गरे । तर, यो बिदा ऐच्छिक हुनेछ ।

कटकमा स्वतन्त्रता दिवस कार्यक्रममा सहभागी भएपछि उनले यस्तो घोषणा गरेका हुन् । उनले भने, ‘महिला कर्मचारीले महिनावारी भएको पहिलो वा दोस्रो दिन बिदा लिन पाउँछन् तर यो बिदा ऐच्छिक हुनेछ ।’

विहार र केरलामा यस अघि नै बिदा उपलब्ध

उडीसा भन्दा अघि विहारमा पनि यस्तो निर्णय भएको थियो । विहारमा काम गर्ने महिलाहरूलाई मासिक धर्म बिदा प्रदान गरिन्छ ।

यसबाहेक, केरलामा पनि जनवरी २०२३ मा राज्यका विश्व विद्यालयहरूमा महिला छात्राहरूलाई मासिक धर्म बिदा सुरु गरिएकोहो।

महिनावारी बिदा किन महत्वपूर्ण?

पिरिएड बिदाले महिलाहरूको मासिक धर्मचक्र समयमा उनीहरूको स्वास्थ्य आवश्यकताहरू लाई स्वीकार र मान्यता प्रदान गर्छ । पीडा, थकान, मुड स्विङ र महिनावारीको कारणले गर्दा हुने अन्य शारीरिक र भावनात्मक समस्याहरूले महिलाको काममा राम्रो प्रदर्शन गर्ने क्षमतालाई असर गर्न सक्छ । यस्तो अवस्थामा, महिनावारीको बिदाले उनीहरूलाई आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र यस अवधिमा आराम गर्ने स्वतन्त्रता दिन्छ । जसले महिलाहरूको काम गर्ने क्षमता मा बृद्घि हुन्छ ।

कार्यस्थलमा लैङ्गिक समानतालाई अगाडि बढाउन महिनावारी बिदाले महत्वपूर्ण भूमिका खेल्छ । महिलाहरूले महिनावारी सँग सम्बन्धित समस्याहरूको कारण चुनौती र भेदभावको सामना गर्नु पर्छ । यस्तो अवस्थामा, महिनावारी बिदाले महिलाहरूलाई यो प्राकृतिक जैविक प्रक्रियाले आफ्नो करियरमा सम्झौता नगर्न अनुमति दिनेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!