के हो मंकी पक्स ? किन डब्लुएचओले गर्यो सार्वजनिक स्वास्थ्य आपत्‌कालको घोषणा ?

सन २०२३ को जुनमा नेपाल पहिलो पटक ६० वर्षीय विदेशी महिलामा मंकी पक्स देखिएको थियो । भारतमा २७ प्रयोगशाला प्रमाणित मंकीपक्स देखि सकिएको छ, भने एक जनाके मृत्यु समेत भएको हो ।


काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एमपक्स अर्थात् मंकी पक्स को बढ्दो मामिला लाई हेर्दै यसलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल (ईमर्जेन्सी) घोषित गरेको छ ।

डब्लुएचओका महा निर्देशक डा.टेड्र्रोस ऐडहेनोम घेबरेयेससले गत बुधवार भएको अन्तरराष्ट्रिय स्वास्थ्य नियामकहरूको आपत् समितिको बैठकमा सदस्यहरूको सिफारिस पछि स्वास्थ्य आपतकाल को घोषणा गरेका हुन ।

सन २०२३ को जुन महिनामा नेपाल मा समेत पहिलो पटक एक जना ६० वर्षीय विदेशी महिलामा प्रमाणित मंकी पक्स भाइरस वाट हुने सरुवा रोग ‘एमपक्स’ को संक्रमण देखिएको थियो ।

डब्लुएचओको पछिल्लो अद्यावधिक जानकारी अनुसार छिमेकी राष्ट्र भारतमा समेत हाल सम्म २७ प्रयोगशाला प्रमाणित मंकीपक्सको संक्रमण देखि सकिएको छ, भने एउटा मृत्यु समेत भएको हो ।

अफ्रिकाले गत मंगलवार नै एमपक्स लाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषित गरेको थियो । स्मरण रहोस् कुनै पनि रोग लाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषित गर्नु अन्तर्राष्ट्रिय स्वास्थ्य कानुन अन्तर्गत खतराको घण्टीको सबै भन्दा माथिल्लो स्तर हो ।

एमपक्स, जसलाई पहिले मंकीपक्स भनिन्थ्यो, एउटा भाइरसको कारण हुने बिफर जस्तै दुर्लभ सरुवा रोग हो । यो प्रायः अफ्रिका को क्षेत्रमा पाइए पनि विश्वको अन्य क्षेत्रमा पनि देखि राखिएको छ ।

डब्लुएचओको अनुसार एमपक्स अफ्रिकी महाद्वीपका धेरै देशहरूमा व्यापक छ । जसमा कङ्गो र यसको छिमेकी बुरुन्डी, केन्या, रुवाण्डा र युगान्डा समेत समावेश छन् ।

सन् २०२४ मा हाल सम्म १४ हजार भन्दा बढी एमपक्सको सङ्क्रमण देखिएको छ र ५२४ जनाको ज्यान गएको छ । यो सङ्ख्या सन् २०२३ को तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डव्लुएचओ) ले सन २०२२ को २८ नोभेम्बर मा एउटा स्टेटमेन्ट जारी गर्दै ‘मंकी पक्स’, को नाम परिवर्तन गरेर ‘एमपक्स’ गरेको थियो ।

नेपालमा समेत पूर्व तयारी 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा.यदु चन्द्र घिमिरेले ले डब्लुएचओले एमपक्स लाई स्वास्थ्य इमर्जेन्सी घोषणा गरे सँगै मुलुकमा समेत पूर्व तयारी शुरु गरिएको बताए । विहीवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला का पदाधिकारहरू सँग यो बारे छलफल गरिएको समेत डा.घिमिरेले उल्लेख गरे ।

के हो एमपक्स को लक्षण ? 

एम पक्स को भाइरसबाट सङ्क्रमित भएको ५ देखि २१ दिनपछि लक्षणहरू देखिन थाल्छ । डब्लूएचओका अनुसार ज्वरो, गम्भीर टाउको दुखाइ, कमर दुखाइ, लिम्फ नोड सुन्निनु, ऊर्जाको कमी, शरीरमा दागहरू देखिनु, हत्केला, पैतालामा फोका देखिनु, अनुहार, जिउ, कमर आदिमा फोका देखिनु, फोकामा पीप झरिनु आदि यसको संकेत हुन सक्छ ।

यो रोग एक व्यक्तिबाट अर्को व्यक्ति मा वा जनावर वाट मनुष्यमा सर्छ । पहिलो पटक सन १९५८ मा मंकीपक्स भाइरस खोरमा थुनिएको एउटा वादरमा पाइएको थियो । पछि सन १९७० मा पहिलो पटक मनुष्यमा यसको संक्रमणको पुष्टि भएको हो ।

डव्लुएचओका अनुसार मंकीपक्सको सङ्क्रमण जो सुकैलाइ हुन सक्ने भए पनि हाल यसको धेरै जसो बिरामी युवा पुरुष छन्, भने उनीहरू पुरुष सँग यौन सम्बन्ध राख्ने गरेको देखिएको छ ।

यो सङ्क्रमण बिरामीको ‘स्किन टु स्किन कन्टेक्ट’, एक अर्काको छालाको सम्पर्कमा आउनाले हुन्छ । उसो खाना खुवाउनाले पनि सङ्क्रमण फैलिन सक्छ भने संक्रमितको लुगाफाटो, व्यक्तिगत सामान, भाडा कुडा, ओछयाउना छुनाले पनि अन्य व्यक्तिलाई मंकीपक्स हुन सक्छ ।

यो भाइरसको माध्यमले फैलिने एउटा दुर्लभ रोग हो । जो मुख्य रूपले उष्ण कटिवन्धिय वर्षा क्षेत्रमा बढी फैलिन्छ । पछिल्लो समय यो सङ्क्रमण अन्य क्षेत्रमा समेत फैलिएको छ ।

पहिलो पटक सन १९५८ मा मंकीपक्स भाइरस खोरमा थुनिएको एउटा वादरमा पाइएको थियो । पछि सन १९७० मा पहिलो पटक मनुष्यमा यसको संक्रमणको पुष्टि भएको हो । हाल सम्म मंकी पक्सको कङ्गो र पश्चिमी अफ्रिकी गरेर दुई वटा स्ट्रेन देखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!